दक्षिण कोरियामा इतिहासमै पहिलोपटक शिव महिमा भजन प्रतियोगिता सम्पन्न

0
558

कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियाको इतिहासमै पहिलो पटक श्रावण महिनाको चरणको अवसर पारी आईतवार शिव महिमा भजन प्रतियोगिता सम्पन्न भयको छ ।
दक्षिण कोरियाको खङ्गिदो नाम्यङ् स्थित नेपाली रेष्टुरेन्ट जोगी रेष्टुरेन्टको आयोजना र जिएमई रेमिट्यान्स कम्पनीको बिषेश सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो । विश्वको जुनसुकै कुनामा रहेपनि हिन्दू धर्म, नेपाली संस्कार संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्नुपर्दछ भन्ने उद्देश्यले आयोजित यस कार्यक्रमको संयोजन राष्ट्रिय कलाकार मिलन सापकोटाले गर्नु भयको थियो ।


प्रतियोगितामा बिष्णु पाण्डेयले नेतृत्व गर्नु भएको श्री हरि भजन समुह प्रथम, देवेन्द्र पोख्रेल नेतृत्वको कालकुट भजन समुह दिप्तिय, गणेश सापकोटा नेतृत्वको श्री गणेश भजन समुह तृतिय र सालिकराम अर्यालको नेतृत्वमा रहेको जय शम्भो भजन समुहले सान्त्वना स्थान हासिल गरेका छन्

कार्यक्रमको योजना तयारी र भजन समुहको सम्पूणर् व्यवस्थापन धार्मिक तथा अध्यात्मिक व्यक्ति महेन्द्र सापकोटाले गर्नुभएको थियो भने एल. पि धमला र हुकुम अधिकारीले समेत सहयोग गर्नुभएको थियो ।

जोगी रेष्टुरेन्टका सन्चालक लक्ष्मण बोगटीको अध्यक्षतामा रहेको कार्यक्रममा सुनेश के.सी. प्रमुख अतिथि र जित कुवर, देवी गौतम विशिष्ट अतिथिमा रहनुभएको थियो । साङ्गितिक क्षेत्रका अब्बल दर्जाका कलाकार तथा पाँच स दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष श्याम अर्यालले प्रमुख निणर्ायकको भुमिका निर्वाह गर्नुभएको थियो । देवि गौतम, सुनेश के सी निणर्ायक सदस्यको रुपमा रहनुभएको थियो ।


कार्यक्रमका अध्यक्ष लक्ष्मण बोगटीले फरक संस्कार संस्कृति भएको कोरिया जस्तो मुलुकमा विविध चुनौतिका बावजुत यसरी अध्यात्मिक कार्यक्रम हुनु सम्मानयोग्य र अनुकरणिय कार्य रहेको बताउनु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि सुनेश के सीले हामी नेपाली जहाँ रहेपनि नेपाली पन भुल्नु नहुने र सनातन धर्मको महिमालाई उजागर गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो । निणर्ायक प्रमुख तथा पाँच स कोरियाका बरिष्ठ उपाध्यक्ष श्याम अर्यालले दक्षिण कोरियामा पुर्विय कला संस्कार संस्कृतिको संरक्षण र संवद्र्धनका लागि “सनातन साहित्य सङ्गीत साधना समूह’’ पाँच ’स’ क्रियाशिल रहेको जानकारी दिँदै आस्थावान् नेपाली दाजुभाई दिदीबहिनीहरुलाई उक्त संस्थासंँग जोडिनुहुन आग्रह समेत गर्नुभएको थियो ।
राष्ट्रिय कलाकार मिलन सापकोटाले संचालन गर्नुभएको उक्त कार्यक्रम निकै सभ्य र भव्य रुपमा सम्पन्न भएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्