दक्षिण कोरियाको योङइनस्थित लोकसङ्ग्रहालयमा कोरियाली इतिहास र संस्कृतिको झल्को

0
11

 कोरियाको ग्योङ्गी प्रान्तस्थित योङइन (용인) मा रहेको लोकसङ्ग्रहालय (민속관) ले कोरियाली इतिहास, संस्कृति र परम्परागत जीवनशैलीलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ।

सङ्ग्रहालयमा १९औँ शताब्दीको उत्तरार्धका कोरियाली परिवारहरूको रहनसहन, धार्मिक विश्वास, विवाह संस्कार, चाडपर्व तथा दैनिक जीवनशैलीलाई प्रदर्शनीमार्फत देखाइएको छ।

लोप हुँदै गएका मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तालाई इतिहाससँग परिचित गराउने उद्देश्यले सञ्चालित यो सङ्ग्रहालय स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्