दक्षिण कोरिया। नेपालका विपद् प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि दक्षिण कोरियाको छन्बुक (JB BANK) बैंकले नेपाली राजदूतावासमार्फत ३ करोड कोरियन वन सहयोग हस्तान्तरण गरेको छ। बैंकको क्षेत्रीय सामाजिक सेवा समूहका तर्फबाट आपत्कालीन राहत तथा विपद्पछिको पुनःस्थापनामा सघाउन उक्त सहयोग प्रदान गरिएको हो।
यसैगरी, हरि भट्टराईको पहलमा बैंकका कर्मचारीहरूबाट संकलित थप ३७ लाख कोरियन वन गैरआवासीय नेपाली संघ (एनआरएनए) मार्फत सहयोग गरिएको छ।
बैंकको संस्थागत सहयोग नेपाली राजदूतावासमार्फत र कर्मचारीहरूबाट संकलित रकम एनआरएनएमार्फत उपलब्ध गराइएको हो। दुवै सहयोग गरी कुल ३ करोड ३७ लाख कोरियन वन नेपालको विपद् राहत तथा पुनःस्थापनाका लागि जुटेको छ।






