दक्षिण कोरियामा हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिँदै

0
94

कमला केसी/दक्षिण कोरिया
नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा दक्षिण कोरियामा शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम हुने भएको छ ।

नेपाली सम्पर्क समिति (एनसिसी) दक्षिण कोरियाको आयोजनामा सांस्कृतिक कार्यक्रम सहित भब्य कार्यक्रम हुने भएकोले दक्षिण कोरियामा रहेका सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई आमन्त्रण गरिएको छ ।

नेपाली धर्मसंस्कृतिको जगेर्ना गर्नुका साथै विभिन्न पेशा, व्यावसाय, अध्ययन तथा रोजगारीका लागि कोरियामा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीबीच आपसी भाईचारा, मेलमिलाप र सुमधुर सम्वन्धको विकास गर्नका लागि कार्यक्रमको आयोजना गरिएको नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हरि खनालले जानकारी दिनुभयो ।
अध्यक्ष खनालका अनुसार शुभकामना आदानप्रदान कार्यक्रम र कोरियाको महान पर्व छुसकमा आयोजना गरिने कार्यक्रमको बारेमा जानकारी दिनका लागि यहि अगष्ट २५ तारिक आइतबार पत्रकार सम्मेलनको आयोजना समेत गरिएको छ । निक नेपाल ट्राभलको सभाहल दोङदेमुनमा हुने पत्रकार सम्मेलनमा कोरियास्थित सम्पुर्ण क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीहरुलाई आमन्त्रण गरिएको छ ।
कार्यक्रमको मुख्य आकर्षणमा तीज नृत्य रहेको आयोजकले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्