किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १४औँ ऐतिहासिक महाधिवेशन नोभेम्बर १५ मा हुने

0
3

दक्षिण कोरिया। किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो १४औँ ऐतिहासिक महाधिवेशन आयोजना गर्ने भएको छ। याक्थुङ (लिम्बू) समुदायको भाषा, लिपि, धर्म, संस्कार, संस्कृति, परम्परा, पहिचान तथा अस्तित्वको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यसहित स्थापित संस्थाले आगामी नोभेम्बर 15 तारिख बुधबार सोलमा महाधिवेशन आयोजना गर्न लागेको हो।

संस्थाका अध्यक्ष विनोद सोदेन लिम्बू र महासचिव हर्क चेम्जोङ सुब्बाद्वारा जारी औपचारिक निमन्त्रणापत्रमार्फत दक्षिण कोरियामा क्रियाशील विभिन्न संघसंस्था, सामाजिक अभियन्ता, सञ्चारकर्मी तथा शुभेच्छुकहरूलाई कार्यक्रममा सहभागिताका लागि अनुरोध गरिएको छ।

महाधिवेशनमा संस्थाको विगतका गतिविधि, उपलब्धि तथा भावी कार्ययोजनाका विषयमा छलफल हुनुका साथै याक्थुङ समुदायको भाषा, संस्कृति, मौलिक परम्परा र पहिचान संरक्षणका विषयमा महत्वपूर्ण विचारविमर्श हुने अपेक्षा गरिएको छ।

संस्थाले प्रवासमा रहेर पनि आफ्नो मौलिक पहिचान, भाषा र संस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकतामा जोड दिँदै आएको छ।

महाधिवेशन दक्षिण कोरियाको राजधानी सोलस्थित जोङ्नो क्षेत्रमा रहेको 서울특별시 종로구 창신4나길 6-15 (पूर्व नेपालीको सभाहल) मा बिहान ११ बजेदेखि आयोजना हुने निमन्त्रणापत्रमा उल्लेख छ।

आयोजक समितिले महाधिवेशनलाई सफल र ऐतिहासिक बनाउन दक्षिण कोरियामा रहेका सम्पूर्ण याक्थुङ समुदाय, नेपाली संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा शुभचिन्तकहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्