काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज, असोज ६ गते (२२ सेप्टेम्बर), न्युयोर्कतर्फ प्रस्थान गर्नुभएको छ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभाको उच्चस्तरीय General Debate लाई सम्बोधन गर्नुहुनेछ।
प्रधानमन्त्री शाहको भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ। महासभाको यस वर्षको मुख्य विषय “Restoring Trust, Managing Transformation: A United Nations that Delivers for All” रहेको छ।
प्रधानमन्त्री शाह असोज ८ गते (२४ सेप्टेम्बर) संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुहुनेछ भने असोज १० गते (२६ सेप्टेम्बर) स्वदेश फर्किने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।






