कमला केसी/दक्षिण कोरिया
नेपाल भलिबल संघ शाखा दक्षिण कोरियाको समन्वय तथा तनहुँ समाज दक्षिण कोरियाको आयोजनामा आइतवार सम्पन्न तेस्रो भानुभक्त स्मृति कपको उपाधि थेसो पविारले हात पारेको छ ।
फाईन प्रतिस्पर्धामा पुगेका गुल्मी समाज दक्षिण कोरिया र थेसो परिवार दक्षिण कोरियाबीचको खेलमा थेसो परिवार बिजेता बन्न सफल भएको हो भने गुल्मी समाजले उपविजेतामा चित्त बुझाएको छ । थेसो परिवारले २-० को सोझो सेटमा उपाधि हात पारेको हो ।
क्वाटर फाईनलमा बाग्लुङ समाज लाई सोझो सेटमा पराजित गरेर सेमिफाइनल छिरेको थेसो परिवारले सेमिफाइनलमा सुदूरपश्चिम समाजलाई २/१ ले पराजित गर्दै फाईनलमा पुगेको थियो ।
प्रतियोगितामा प्रथम भएसँगै थेसो परिवारले नगद २० लाख वन सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको गुल्मी समाजले नगद १२ लाख वन, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरको छ ।
त्यसैगरी सान्त्वना स्थान सुदुरपश्चिम समाज र विश्वकर्मा समाजले प्राप्त गरेका छन् । उनिहरुले नगद नगद ४/४ लाख वन, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
आपसी मेलमिलाप र सहभागिता, खेलकुद विकासमा प्रवासीको एकता भन्ने नाराका साथ सम्पन्न प्रतियोता सुवोन स्थित आजु युनभर्सिटीको खेल मैदानमा सम्पन्न भएको हो । प्रतियोगितामा २४ टिमको सहभागीता रहको थियो ।
उक्त खेलमा रिजन राना उत्कृष्ट खेलाडी, बेस्ट सेटर दिनेश क्षेत्री, बेस्ट लिभ्रो कुमार दर्लामि साथै बेस्ट स्पाईकरको उपाधि शिशिर बिश्वकर्माले प्राप्त गर्नुभएको छ ।
प्रतियोगिता भब्य र सभ्य रुपमा सम्पन्न भएको तनहुँ समाजका अध्यक्ष सुनिल मल्लले जानकारी दिनुभयो । एनआरएनएका बुद्धि गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश स्तरीय तथा क्षेत्रीय संघ संस्थाका अध्यक्ष तथा पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन तनहुँ समाजका महासचिब खेम थापाले गर्नुभएको थियो ।







