दक्षिण कोरियामा किरात याक्थुङ चुम्लुङको १४औँ महाधिवेशन नोभेम्बर १५ मा हुने

0
18

सउल, दक्षिण कोरिया। किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १४औँ महाधिवेशन आगामी नोभेम्बर 15 तारिख आइतबार दक्षिण कोरियाको राजधानी सउलमा आयोजना हुने भएको छ।

‘हामी हाम्रो पहिचान र अस्तित्वको लागि एक हौँ’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको महाधिवेशनमा दक्षिण कोरियामा बसोबास गर्दै आएका सम्पूर्ण याक्थुङ समुदाय तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार महाधिवेशन सउलको जोङ्नो क्षेत्रमा रहेको पूर्वी नेपालको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

याक्थुङ समुदायको भाषा, धर्म, संस्कृति, मौलिक पहिचान तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा सक्रिय किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले महाधिवेशनमार्फत संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

महाधिवेशनलाई समुदायबीच आपसी एकता, सहकार्य र सांस्कृतिक पहिचानलाई सुदृढ बनाउने अवसरका रूपमा समेत हेरिएको छ।

आयोजक किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले महाधिवेशनमा दक्षिण कोरियामा रहेका सम्पूर्ण याक्थुङ समुदाय, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा शुभचिन्तकहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्