कमला केसी/दक्षिण कोरिया
नेपाली बालबालिकालाई मातृभाषा, कला संस्कृति र रितिरिबाजको बारेमा अध्ययन अध्यापन गराउनका लागि दक्षिण कोरियामा नेको हिमालयन स्कुल संचालन गरिएको छ ।
दक्षिण कोरियामा पछिल्लो समय नेपालीहरूको बसोबास बढेसँगै नेपाली बालबालिकाहरुको संख्यामा पनि उल्लेख्य मात्रामा बृद्धि भैरहेको छ । बढ्दो नेपाली बालबालिकाको संख्यासँगै उनिहरुले आफ्नो मातृभाषा, कला र संस्कृति तथा रितिरिवाज समेत भुल्दै जाने समस्या देखिएको अवस्थामा स्कुल संचालनमा ल्याईएको हो । पहिलोपटक संचालन गर्न लागिएको विद्यालयमा आजदेखि नियमित पठनपाठन संचालन शुरु हुने भएको छ ।
दक्षिण कोरिया स्थित 수원시 팔달구 향교로 125, 2층 B호 मा विद्यालयय संचालन गरिएको हो । विभिन्न पेशा, व्यावसाय र रोजगारीका लागि दक्षिण कोरियामा रहनुभएका ब्यक्तिहरुको सहभागितामा विद्यालय संचालक समितिनै गठन गरेर औैपचारिक रुपमा कक्षा शुरु गर्न थालिएको हो ।
नेपाली भाषी बालबालिकाहरुमा देखिने भाषा संस्कृति र कलाको विचलनलाई सम्बोधन गर्ने उद्देश्यका साथ नेको हिमालयन स्कुल सञ्चालनमा ल्याईएको संचालक बुद्धि गुरुङले जानकारी दिनुभयो । स्कुलमा नियमित पठनपाठनसँगै कानुनी रुपमा दर्ता प्रक्रिया समेत अगाडि बढाईएको छ । यसलाई बैधानिक र दिगो रुपमा संचालन गरिने भएको छ ।
आज पहिलो दिन दिउँसो १ बजेदेखि कक्षा संचालन हुने गुुरुङले बताउनुभयो । कुनै पनि विद्यालय सञ्चालनको लागि विद्यालय सञ्चालन गर्ने जिम्मेवारी एउटा समूहको हुन्छ भने त्यसलाई सफल बनाउनको लागि अभिभावकहरूको भूमिका त्यत्तिकै महत्वपूणर् हुने भएकाले सम्पुणर् अभिभावकहरुलाई आवश्यक सहयोग र सहकार्यका लागि आग्रह समेत गरिएको छ । सम्पूणर् अभिभावकले आ-आफ्ना बच्चाहरुलाई कक्षा सञ्चालन हुने स्थलसम्म उपस्थित गराई सहयोग गरिदिन समेत संचालकले आग्रह गरेका छन् ।
पहिलो चरणमा १६ हप्ताको एउटा सेमेस्टरको रुपमा कक्षा सञ्चालन गरिने भएको छ । पहिलो सेमेस्टरमा विद्यार्थी शुल्कको रुपमा दुई लाख कोरियन वन तय गरिएको संचालकले बताएका छन् । एउटै परिवारबाट दुईजना विद्यार्थी भर्ना भएमा एकजनाको ५०% छुट गरेर दुईजनाको जम्मा ३ लाख वन शुल्क तय गरिएको छ । कतिपय विषयमा नेपाली पाठ्यक्रमलाई समेत आधार बनाएर पठनपाठन गरिने भएको छ ।
यहाँहरू सबैजनाले सुवनमा अवस्थित स्वयम्भू रेस्टुरेन्टको अगाडि आफ्ना बच्चाहरूलाई दिउसोको १२ः०० वजेसम्म जम्मा गरिदिनुहोला। कक्षा सञ्चालन हुने स्थलसम्म लैजानको लागि यातायातको व्यवस्था हामीले गरेका छौं ।
आज पहिलो दिन संचालन हुने कक्षामा आफ्ना बाबु नानीहरूलाई नेपाली पोशाक, जातीय पोशाक अथवा नेपाली संस्कृति झल्किने पोशाकमा उपस्थित गराउन समेत आग्रह गरिएको छ ।
स्कुल संचालन भएपछि प्रवासमा रहेर पनि नेपाली बालबालिकाहरु आफ्नो मौलिकतासँग नजिक रहन पाउने छन् भने भोली स्वदेश फर्किएर पनि सहज रुपमा जीवनयापन गर्न सकुन् भन्ने उद्धेश्य रहेको सञ्जु पौडेलले बताउनुभयो ।
थप जानाकारीका लागि ः
स्थानः 수원시 팔달구 향교로 125, 2층 B호
कक्षा समयः दिउसो १ः०० वजेबाट दिउसोको ४ः०० बजेसम्म
असमर्थताका लागि सम्पर्कः
बुद्धि गुरुङ 010-4239-3305
लक्ष्मी खरेल 010-8260-9471
हरि प्रसाद भट्टराई 010-2205-0269
डा. सन्जु पौडेल 010-4868-4581