कमला केसी/दक्षिण कोरिया
आदिकवि भानुभक्त आचार्यको स्मृतिमा दक्षिण कोरियामा आयोजित तेस्रो भानुभक्त स्मृति कप भलिवल प्रतियोगिताको सम्पुणर् तयारी पुरा भएको छ ।
नेपाल भलिबल महासंघ दक्षिण कोरियाको समन्वयमा तनहुँ समाज दक्षिण कोरियाको आयोजनामा भोली अगष्ट ११ तारिक आइतवार प्रतियोगिता संचालन गर्न लागिएको हो ।
आपसी मेलमिलाप र सहभागिता, खेलकुद विकासमा प्रवासीको एकता भन्ने नाराका साथ संचालन हुने प्रतियोगिता सुवोन स्थित अजौ युनभर्सिटीको खेल मैदानमा संचालन गरिने भएको छ । प्रतियोगिताका सम्पुणर् तयारी पुरा भएको खेल संयोजक शिव क्षेत्रीले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा विभिन्न २४ वटा समुहले टिम दर्ता गराईसकेका छन् । ए समुहमा १२ वटा टिम रहेका छन् भने बि समुहमा १२ वटा रहेका छन् । दुवै समुहबीचको प्रतिस्पर्धापछि फाईनल खेल संचालन गरिने भएको छ । भोली विहान ८ बजेदेखि खेल शुरु हुने संयाजक क्षेत्रीले जानकरी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने समुहलाई नगद २० लाख वन सहित ट्रफि, मेडल र प्रमाणपत्र, द्धितिय हुनेले नगद १२ लाख वन, ट्रफि, मेडल र प्रमाणपत्र, र सान्त्वना दुई समुहलाई नगद ४/४ लाख वन, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
आदिकवि भानुभक्त आचार्यको स्मृतिमा संचालन गरिएको प्रतियोगितालाई भव्य र सभ्य बनाउनका लागि कार्यक्रमा दर्शक भएर वा आर्थिक तथा भौतिक सहयोग गर्न समाजले आग्रह गरेको छ ।
प्रतियोगिताको खेल संयोजकमा शिव क्षेत्री, आर्थिक संयोजकमा मदन थापा तथा कोर्ट व्यवस्थापकमा खुम थापा रहनुभएको छ । सम्पुणर् सहभागि टिमलाई दिएको समयमा पाँच मिनेट भित्र उपस्थित हुनुपर्ने र यदि उपस्थित हुन नसक्ने टिमलाई स्वतः वाक ओभर दिईने नि आयोजकले जनाएको छ ।