मोदी खोला सहकारी गण्डकी प्रदेशमै उत्कृष्ट

0
81

बैंकले विभिन्न विधामा पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशका सहकारी मध्य उत्कृष्ट सहकारीको रुपमा मोदी खोला बहुउद्देश्यीय सहकारीलाई सम्मान गरेको हो । मोदी गाँउपालिका २,पातिचौर स्थित मोदी खोला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई सहकारीको विकास,प्रबर्द्धन र सामाजिक रुपान्तरणमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै प्रादेशिक सदस्य सम्मान पुरस्कार बिधामा सम्मान गरेको हो ।

सहकारीका अध्यक्ष बेद प्रसाद तिमिल्सिनाले कृषक र उधमीहरुको आर्थिक उपार्जनमा जोडदिन सामाजिक विकासको कार्यलाई अगाडी लैजाने बताउदै राष्ट्रिय सहकारी बैकको २२औँ स्थापना दिवसको अवसरमा आयोजित गण्डकी प्रदेश स्तरिय सम्मान कार्यक्रममा सहकारीलाई सम्मान गरिएकोमा खुशी व्यक्त गर्नु भयो ।

संस्थालाई परिकल्पना गरि स्थापना गर्ने संस्थापकहरु, कार्यसमिति, सल्लाहकार सदस्यहरु,कर्मचारीहरु,बिभिन्न माध्यबाट सहयोय गर्नूहुने संघसंस्था तथा सेयर सदस्यहरुकाे मेहनत र सहयोगका कारण सहकारी सम्मानित तथा पुरस्कृत हुन सम्भब भएको तिमिल्सिनाले बताउनु भयो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्