पर्वत समाज दक्षिण कोरियाको बृहत् बनभोज तथा भेटघाट कार्यक्रम भव्य रुपमा सम्पन्न (फोटोफिचर)

0
248

कमला केसी/दक्षिण कोरिया  
वैदेशिक रोजगारीका क्रममा कोरिया पुगेका पर्वतेहरुले वनभोज खाएका छन् । पर्वत समाजले गर्मी विदाको अवसर पारेर सांस्कृतिक कार्यक्रम तथा वनभोज आयोजना गरेको हो ।

थेसंग्री योग नजिकै आयोजित वनभोजमा करिब २०० जनाको सहभागीता रहेको थियो । कोरियामा सबै नेपालीहरु आआफ्नो काममा व्यस्त रहने भएकाले एउटै जिल्लाका भए पनि नियमित भेटघाट हुन पाउँदैन । यस्तोमा यो कार्यक्रम निकै भावनात्मक र मनोरञ्जक बनेको थियो । सहभागीहरुले पर्वत नै पुगेको महसुस गरे ।

कार्यक्रममा विभिन्न नेपाली परिकारका साथै नेपाली गीत संगितमा सहभागिहरु झुमेका थिए ।  कार्यक्रममा लोक दोहोरी प्रतिष्ठान दक्षिण कोरियाको साथमा लाइभ दोहोरी र विशेष प्रस्तुति रहेको थियो । कार्यक्रममा प्रमोद भुसाल, अमृत चापागाँई, सन्जोग भुसाल, अनिस केसी, अनु अधिकारी, विपना अधिकारीको प्रस्तुति रहेको थियो । 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्