कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियामा सक्रिय राप्ती समाजद्धारा प्रदर्शन गरिएको नेपाली कथानाक चलचित्र ‘पुजार सार्की’ सुवन शोको आयब्यय सार्वजनिक गरिएको छ ।
आपतकालीन राहतकोष सहयोगार्थ गत जुन ९ तारिकमा प्रदर्शन गरिएको चलचित्रको आयब्यय सार्वजनिक गरिएको हो ।
चलचित्र प्रदर्शनवाट कुल १ करोड ५ लाख ३६ हजार २ सय ३२ कोरियन वन संकलन भएको थियो । उक्त रकममध्ये २८ लाख ६० हजार वन खर्च भएको छ भने ७६ लाख ७६ हजार २ सय ३२ कोरियन वन बचत भएको राप्ती समाजका अध्यक्ष अमृत केसीले जानकारी दिनुभयो ।
चलचित्र प्रदर्शनका लागि संस्थागत सहयोगतर्फ १६ लाख ६७ हजार वन, व्यक्तिगत रुपमा चलाईएको अभियानबाट ५६ लाख ३९ हजार २ सय ३२ वन, अनलाईन/अफलाईन टिकटबाट ३० लाख ७५ हजार वन र स्पोन्सर बाट १ लाख ५५ हजार वन आम्दानी भएको अध्यक्ष केसीले बताउनुभयो ।
फिल्म खरिद, हल भाडा, पोष्टर प्रिन्ट लगायत अन्य आवश्यक सामाग्री र व्यवस्थापनमा २८ लाख ६० हजार वन खर्च भएको बताउँदै केसीले बचत भएको रकम राहतकोष स्थापनार्थ सहयोग गरिने बताउनुभयो ।
चलचित्र प्रदर्शनीका लागि टिकट सौजन्य राप्ती समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्ष तथा ओली एजुकेशनका संचालक ओमलाल ओलीले गर्नुभएको थियो । पोष्टर सौजन्य राप्ती समाज दक्षिण कोरियाका विशेष सल्लाहकार तथा जेवि बैंक सुवन शाखाका कर्मचारी कमला साउदले गर्नुभएको थियो । साथै रेष्टुरेण्ट पार्टनरमा सुवनको भेटघाट रेष्टुरेण्ट रहेको थियो भने रेमिटमा क्युएस रेमिट रहेको थियो ।