नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरियाको अधिवेशन आगामी अगष्ट १८ मा हुने

0
95

 

कमला केसी/दक्षिण कोरिया
नेकपा माओवादी केन्द्र निकट प्रबास संगठन नेपाली जनप्रगतिशिल मञ्च कोरियाको छैटौ राष्ट्रिय महाधिवेशन आगमी अगष्ट १८ तारिखमा हुने भएको छ ।
मञ्चको गत शनिबार सम्पन्न पुणर् केन्द्रिय बैठकले आगामी अगष्ट १८ तारिकका दिन राजधानी सौल मा अधिबेशन गर्ने निणर्य गरेको हो ।
मञ्चले अधिवेशनको तयारीलाई अघि बढाउँदै आएको छ । सका लागि आफ्ना सदस्य हरुको सदस्यता नवीकरण गर्नुका साथै क्षेत्रीय संगठनहरुको अधिबेशन समेत गरिसकेको छ । भने अब राष्ट्रिय अधिबेशनको तयारी थालेको जनाएको छ ।
कोरियामा बिगत लामो समय देखि स्थापित रहेको जनप्रगतिशिल मन्च विभिन्न सामाजिक र राजनीतिक कार्यहरुमा सक्रिय रहँदै आएको छ । कोरियामा उक्त मञ्चमा एक हजारको आसपासमा माओवादी संगठित र समर्थित रहेको संगठनले जनाएको छ । अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्नेभएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्