कमला केसी/दक्षिण कोरिया
नेपाली कथानाक चलचित्र ‘पुजार सार्की’ प्रदर्शनको आयब्यय सार्वजनिक गरिएको छ । आपतकालीन कोष स्थापनाका लागि गत मे २६ तारिकमा प्रदर्शन गरिएको प्रदर्शनीको आयब्यय सार्वजनक भएको हो । कणर्ाली प्रदेश समाज दक्षिण कोरियाको सहजीकरणमा सल्यानी समाज र कालीकोट समाज दक्षिण कोरियाको आयोजनामा चलचित्र पुजार सार्की प्रदर्शन गरिएको थियो ।
चलचित्र प्रदर्शनवाट कुल ४७ लाख ७ हजार पाँच सय कोरियन वन आम्दानी भएको छ । आम्दानी मध्ये १६ लाख १ हजार चार सय वन खर्च भएको छ भने ३१ लाख ७९ हजार ७ सय ११ रुपैया बचत भएको कालीकोट समाजका महासचिब प्रकाश चौलागाईले जानकारी दिनुभयो ।
चलचित्र प्रदर्शनीका लागि टिकट, पोष्टर र आयोजक कार्ड कणर्ाली प्रदेश समाज दक्षिण कोरियाले स्पोन्सर गरेको थियो भने ब्यान स्पोन्सर अोली एजुकेशनका संचालक ओमलाल ओलीले गर्नुभएको थियो ।
संस्थागत सहयोगतर्फ दैलेक समाजले ६० हजार वन, ताप्लेजुङ समाजले ५० हजार वन, तनहुँ समाजले ५१ हजार वन, एभरेष्ट भ्यू रेष्टुरेन्टवाट एक लाख वन, न्यू लिटिल नेपाली तथा इन्डियन रेष्टुरेण्टवाट एक लाख वन, जेवी बैंककी कमला साउदवाट १ लाख वन, अनलाईन तथा प्रत्यक्ष टिकट विक्रि वितरणवाट ४३ लाख २० हजार १ सय ११ रुपैया आम्दानी भएको चौलागाईले बताउनुभयो ।
फिल्म खरिद, हल भाडा, पोष्टर प्रिन्ट लगायन अन्य आवश्यक सामाग्री र व्यव्स्थापनमा १६ लाख १ हजार चार सय खर्च भएको थियो ।
बचत भएको रकमवाट आपतकालीन राहत कोष स्थापना गरिने सल्यानी समाज दक्षिण कोरियाले जनाएको छ ।






