सोनसिक शैक्षिक अन्तर्राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा, शिक्षा मन्त्री श्रेष्ठले उद्घाटन गर्ने

0
692

कमला केसी/दक्षिण कोरिया
शैक्षिक क्षेत्रमा रचनात्मक काम गर्दै आएको नेपाली विद्यार्थी समाज, दक्षिण कोरियाले आयोजना गरेको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।

यहि जुन महिनाको १५ र १६ गतेका दिन आयोजित सम्मेलनको सवैजसो तयारी अन्तिम चरणमा पुगेको हो । नेपाली विद्यार्थी समाज दक्षिण कोरिया स्थापना भएको २० वर्ष पुगेको अवसरमा नामसउल विश्वविद्यालयसँगको सहकार्यमा सम्मेलन आयोजना गरिएको हो ।
आयोजकले उक्त सम्मेलनमा सहभागिताका लागि निमन्त्रणा गरेको छ । सम्मेलनमा समेटिएका सबै ज्ञानबर्दक, सूचनामूलक, चेतनामूलक, उत्प्रेरणामूलक कार्यक्रमहरुको भरपुर फाईदा लिन पनि आयोजकले आग्रह गरको छ । कार्यक्रमहरुमा पुरै समय भाग लिनु हुने सहभागिहरुको लागि इलेक्ट्रिक भर्सनको सर्टिफिकेट पनि प्रदान गरिने समाजका अध्यष मेघनाथ पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार गोष्ठीको उद्घाटन नेपाल सरकारका शिक्षामन्त्री सुमना श्रेष्ठले गर्नुहुने भएको छ भने समारोहलाई मन्त्री श्रेष्ठ सँगै दक्षिण कोरियाका लागि नेपाली राजदुत डा. ज्योती प्याकुरेल, नामसउल विश्वविद्यालयका प्रेसिडेन्ट डा. युन सङ् योङ् लगायतले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै आफ्नो अध्ययन, अनुसन्धानको प्रस्तुति गर्न सकिनुका साथै बिभिन्न बिषयमा आफुले गरेका रिसर्चहरुको प्रस्तुति गर्न सकिन्छ । सम्बन्धित बिषयका बिज्ञहरुबाट उपयुक्त सुझाव र प्रतिकृया पाउन सकिने भएकाले पनि यसलाई महत्वका साथ लिईएको छ । सम्मेलनमा सहभागिका सम्वन्धित विषयको अनुसन्धानलाई पोस्टरको रुपमा पनि प्रस्तुती दिन सकिने व्यवस्था गरिएको छ । उत्कृष्ट प्रस्तुतिहरुलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । सोनसिकको यो कार्यक्रममा नेपाली विद्यार्थी मात्रै नभई सिक्न ईच्छुक सबैको साझा कार्यक्रम भएकाले सवै पक्ष, वर्ग र क्षेत्रका नागरिकहरु सहभागि हुन सक्ने बताईएको छ ।
यसैबीच सम्मेलनको तयारीका बारेमा छलफल गर्न सोनसिक र नामसियोल विश्वविद्यालयबीच गत बिहीवार औपचारिक बैठक सम्पन्न भएको छ । बैठकमा नामसियोल विश्वविद्यालयका अध्यक्ष प्रा डा. योन सेउङ योङ, नामसियोल विश्वविद्यालयका सहप्राध्यापक र अन्तर्राष्ट्रिय सम्मेलन वैज्ञानिक समितिका अध्यक्ष डा. सृजना थापाको सहभागिता रहेको थियो । वैठकमा प्राध्यापक डा. युन सिल किम, सोनसिक अध्यक्ष मेघनाथ पौडेल, सोनसिक मिडिया उपसमितिका संयोजक डा. कमला केसीले कार्यक्रमका बिषयमा छलफल गर्नुभएको थियो ।

यस कार्यक्रमलाई सभ्य अनि भव्य रूपमा सफल पार्नको लागि नेपाली राजदुतावास दक्षिण कोरियाले समन्वय, सहकार्य र सहयोग गर्ने भएको छ ।
कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि संस्थाले सम्पूणर् बुद्धिजीवी, सामाजिक व्यक्तित्व, व्यवसायिक वर्ग र संघ संस्थाहरुलाई आर्थिक सहयोगको लागि पनि विशेष अनुरोध गरेको छ ।

कार्यक्रम: Date: June 15 & 16
Venue: Namseoul University, South Korea 충남 천안시 서북구 대학로 91, 남서울대학교 지식정보관
Title: Collaborative Leadership: Catalyzing Interdisciplinary Innovation and Scientific Excellence for Sustainable Development.

Registration deadline: June 9, 2024.
Abstract Submission Deadline: June 8, 2024.
Fill the form here: Student Registration: https://forms.gle/npCqvvYdpMRXAZj79
SONSIK Senior and well-wisher Registration: https://forms.gle/WzjbQsxUxtf1RJz36
Abstract submission: https://forms.gle/AgLRdNP58WjNXeoR9

अन्य विस्तृत जानकारीका लागि यो लिंकमा जानुहोस् :

www.newskendrabindu.com/?p=740 

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्