अध्यक्ष कुँवरलाई पत्नीशोक

0
144

कमला केसी/दक्षिण कोरिया
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका केन्द्रिय अध्यक्ष, सफल व्यावसायी तथा समाजसेवी बिनोद कुँवरलाई पत्नीशोक परेको छ ।
कुँवरकी पत्नी लि जि ह्यूँगको बुधवार दक्षिण कोरियाको सउल स्थित सेभेरेन्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उहाँको निधनले कुँवर परिवारमा अपुरणिय क्षति पुगेको छ । वोन क्यान्सरवाट पिडित ह्युँग ९ महिना लामो उपचार पश्चात पनि निको नभएपछि बुधवार निधन भएको हो । उहाँको निधनप्रति दक्षिण कोरियास्थित विभिन्न सामाजिक, व्यावसायिक संघ संस्थाहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
यसैबीच कुँवर परिवारले मृतक लि जि ह्युँगको स्मरणमा श्रद्धाञ्जली कार्यक्रम राखेको छ  । हिजो साँझदेखि भोली शुक्रवार राती १० बजे सम्म श्रद्धाञ्जली कार्यक्रम राखिएको हो । नेशनल मेडिकल सेन्टरमा श्रद्धाञ्जली व्यक्त गर्नका लागि सम्पुणर् आपन्तजन र शुभचिन्तकहरुमा कुँवर परिवारले अनुरोध गरेको छ ।

मिति/समयः २०२४/०६/०५ बुधवार साँझ ४ बजे देखि २०२४/०६/ शुक्रवार राती १० बजे सम्म
स्थानः नेशनल मेडिकल सेन्टर (Room no.302) (लाईन नम्बर 2, 4 र 5: Dongdemoon History and Cultural Park, station को exit 13 बाट 150 meter अगाडि)
शोकाकुल बिनोद कुँवर तथा समस्त कुँवर परिवार [रामजि कुँवरः 010-5066-4785, देवेंद्र कुवरः 010-8762-4783, रुपा कुँवरः 010-9905-4786, संगिता कुँवरः 010-9132-1886, किरण अधिकारीः 10-4072-1415]

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्