कमला केसी/दक्षिण कोरिया
खेलकुदको जगेर्ना गर्नका लागि दक्षिण कोरियामा एनसिसी रनिङ भलिबल कप २०२४ हुने भएको छ ।
नेपाली सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा यहि जुन ९ गते आइतवार प्रतियोगिता संचालन गर्न लागिएको हो । सुरक्षितत जीवन स्वास्थ्यमा ध्यान खेलकुदमा विकास राष्ट्रलाई देन भन्ने मुल नाराका साथ दक्षिण कोरियास्थित अजोउ युनिभर्सिटिको खेलमैदानमा प्रतियोगिता हुन थालेको हो ।
दुई समुहमा खेलाईने प्रतियोगितामा २४ वटा समुहको सहभागिता हुने भएको छ । प्रतियोगिताको ए समुहमा ढोरपाटन, ताप्लेजुङ, स्याङ्जा, भोजपुर, सिन्धुपाल्चोक, गण्डकी, केभिसि किम्पो, तनहु, मोना, अन्नपुणर् गोरखा, थेसो परिवार र गुल्मी बि रहेका छन् । त्यसैगरी बी समुहमा गूल्मी, आनसान, एनसीसी कोरिया, मगर संसार, कणर्ाली प्रदेश, अन्नपुणर् विश्वकर्मा, ओएचसी बागलुङ, थक्सान भलिवल टिम,पर्वत, मोना, सुदुरपश्चिम र बागलुङ समुह रहेका छन् ।
खेल जुन ९ तारिक आइतवार विहान ८ बजेदेखि संचालन हुने भएको छ ।
प्रत्येक गेम हरेक पाँच पाँच मिनेटको फरकमा खेलाईने भएको छ । बिजेतालाई आकर्षण पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।