नेपाली विद्यार्थी समाज दक्षिण कोरियाद्धारा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आयोजना

0
1117

कमला केसी/दक्षिण कोरिया
शैक्षिक क्षेत्रमा रचनात्मक काम गर्दै आएको नेपाली विद्यार्थी समाज, दक्षिण कोरियाले अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गरेको छ ।
विगतका वर्षहरुमा आफ्नो स्थापना दिवसको अवसर पारी गर्दै आएको शैक्षिक गोष्ठिको निरन्तरता स्वरुप यस वर्ष २० वर्ष पुगेको अवसरमा आगामी जुन महिनाको १५ र १६ गतेका दिन अन्तर्राष्ट्रिय स्तरको सम्मेलन आयोजना गरिएको हो ।
दशौँ संस्करण स्वरूप नामसउल विश्वविद्यालयसँगको सहकार्यमा सम्मेलन आयोजना गरिएको छ । “Collaberative Leadership: Catalyzing Interdiscpillinary Innovation and Scientific Excellencies for Sustainable Development” भन्ने मुलमन्त्रका साथ अन्तर्राष्ट्रिय सम्मेलन २०२४ गर्नका लागि आवश्यक तयारी भैरहेको आयोजकले जनाएको छ ।
दक्षिण कोरियाको छनान् मा अवस्थित नामसउल विश्वविद्यालयमा हुन लागेको उक्त कार्यक्रममा नेपाल, कोरिया लगायत विश्वका विभिन्न देशका विद्यार्थी, प्राध्यापक तथा अनुसन्धानकर्ताको सहभागिता रहने भएको छ । कार्यक्रममा उत्कृष्ट अनुसन्धान तथा सोधपत्रहरुको अन्तर्राष्ट्रिय मञ्चमा सम्प्रेषण तथा गहन अन्तरकृया हुने कार्यतालिका रहेको छ । उक्त गोष्ठीको उद्घाटन समारोहलाई नेपाल सरकारका शिक्षामन्त्री सुमना श्रेष्ठ, दक्षिण कोरियाका लागि नेपाली राजदुत डा. ज्योती प्याकुरेल, नामसउल विश्वविद्यालयका प्रेसिडेन्ट डा. युन सङ् योङ् लगायतको विशिष्ट व्यक्तित्वहरुले सम्बोधन गर्नुहुने भएको समाजका अध्यक्ष मेघनाथ पौडेलले जानकारी दिनुभयो ।
हरेक वर्ष गरिँदै आएको नेपाली विद्यार्थी, अनुसन्धानकर्ता, प्राध्यापक तथा शिक्षासंग सम्बन्धित सम्पूणर् व्यक्तित्वहरुको समग्र शैक्षिक प्रक्रियालाई अझै धेरै उत्प्रेरणा र हौसला प्रदान गरी उत्कृष्ट समाज निर्माणमा उल्लेखनीय योगदान पुराउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिउको अध्यक्ष पौडेलले बताउनुभयो ।
अन्तरराष्ट्रिय सम्मेलनलाई संस्थाले विशेष महत्वका साथ लिएको र सम्पूणर् तयारीहरु चुस्त रूपमा भइरहेको बिसौँ कार्यसमितिका सचिव नारायण सराफले बताउनुभयो । सम्पूणर् विधाका व्यक्तित्वहरूलाई समेट्दै शिक्षालाई सामूहिक समन्वयनताका साथ नेतृत्व प्रदान गरेर मात्रै एक उकृष्ट समाज निर्माण हुन सक्छ भन्ने कुरालाई आत्मसाथ गर्दै यस कार्यक्रमलाई प्रभावकारी बनाईने भएको छ ।
सम्मेलनमा 1. Natural, Medicinal and Life Science, 2. IT, Engineering and Computer Science, 3. Social Science and Management studies र 4. Mental Health and Social wellbeing गरि चारओटा सत्रहरु सञ्चालन हुने कार्यक्रमका संयोजक किरण सुवालले जानकारी दिनुभयो ।

सम्बन्धित विषयवस्तुमा योगदान पुराउन सक्ने उत्कृष्ट खोज तथा अनुसन्धानहरु अनुसन्धानकर्ता तथा प्राध्यापकहरू मार्फत यस अन्तरर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुनेछन भने विषय विज्ञहरुबाट गहन अन्तरकृया गरी समीक्षा गरिने भएको छ । वैज्ञानिक अनुसन्धान र सोधपत्रहरुको पोष्टर प्रस्तुति पनि हुनेछ । यस अवसरमा सहभागिता जनाई आफ्नो अध्ययन अनुसन्धानलाई प्रस्तुत गर्न चाहने व्यक्तिहरुलाई आफ्नो अनुसन्धानका सार वा आशय दर्ता गराउनको लागि संस्थाले दर्ता फारम पनि खुलाइसकेको छ । सार मूल्यांकन, छनोट र व्यवस्थापन गर्नको लागि विभिन्न क्षेत्रका विज्ञहरुलाई समेटी प्रध्यापक सिर्जना थापा तथा डा. देवी बस्नेतको नेतृत्वमा वैज्ञानिक समुह बनाई सार सम्बन्धी सम्पूणर् अधिकार प्रदान गरिसकिएको छ । विद्यार्थीहरुको आर्थिक पाटोलाई विशेष ख्याल गर्दै सहभागी हुन इच्छुक विद्यार्थीहरुलाई कुनैपनि दर्ता शुल्क नलिने, न्यून शुल्कमा खाना र आवासको व्यवस्था प्रदान गर्ने गरी कार्यक्रमलाई अगाडि बढाइएको संस्थाकी कोषाध्यक्ष सिर्जना तिवारीले बताउनुभयो । समाजले यस गोष्ठीमार्फत सम्पूणर् युवा विद्यार्थी लगायत नयाँ पुस्तालाई विशेष उत्प्रेरणा मिल्ने विश्वास लिएको छ ।
यस कार्यक्रमलाई सभ्य अनि भव्य रूपमा सफल पार्नको लागि नेपाली राजदुतावास दक्षिण कोरियाले समन्वय र सहकार्य र सहयोग गर्ने बताईएको छ ।

समाज नेपाली विद्यार्थीहरुलाई प्रतिनिधित्व गर्ने दक्षिण कोरियाको आधिकारिक, गैरराजनीतिक र गैरनाफामुलक संस्था भएकोले विभिन्न व्यक्ति तथा संस्थाहरुको सहयोगबाट नै यहाँसम्म आउन सफल भएको संस्थाकी सहसचिव तथा यस गोष्ठीको आर्थिक तथा प्रयोजनकर्ता समन्वयन समिति संयोजक गायत्री थापाले बताउनुभयो । कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि संस्थाले सम्पूणर् बुद्धिजीवी, सामाजिक व्यक्तित्व, व्यवसायिक वर्ग र संघ संस्थाहरुलाई आर्थिक सहयोगको लागि पनि विशेष अनुरोध गरेको छ ।

Abstract submission link: https://docs.google.com/forms/d/e/1FAIpQLSeuHEqk5AsAT2QWzRVjRJ9IATajf6mv3AUu865XZ6ZjG3dNEQ/viewform?usp=send_form

Registration link: https://docs.google.com/forms/d/e/1FAIpQLSeuHEqk5AsAT2QWzRVjRJ9IATajf6mv3AUu865XZ6ZjG3dNEQ/viewform?usp=send_form

सम्पर्क-
 श्री मेघनाथ पौडेल (अध्यक्ष) 01049793229
श्री नारायण सराफ (सचिव) 01058543744
श्री किरण सुवाल ( संयोजक) 01095869603
डा. देवी बस्नेत (सल्लाहकार)
डा. सिर्जना थापा ( सल्लाहकार)

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्