सिन्धुपाल्चोक समाज दक्षिण कोरियाद्धारा दुई दिने बनभोज तथा भेटघाट कार्यक्रम आयोजना

0
185

कमला केसी/दक्षिण कोरिया
सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले दुई दिने बृहत् भेटघाट तथा बनभोज कार्यक्रम आयोजना गरेको छ ।
आगामी जून महिनाको २९ र ३० तारिक मा दुई दिने रमाइलो भेटघाट सहित बनभोज कार्यक्रम आयोजना गरेको हो ।
दक्षिण कोरिया स्थित थान्याङ्गुन खोशु थोङ्गुल(단양군 고수 동굴) मा कार्यक्रमको आयोजना गरेको आयोजकले जनाएको छ ।
विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका सिन्धुपाल्चोक वासी दाजुभाई तथा दिदीबहिनीहरु विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने उद्धश्यले उक्त बनभोज कार्यक्रम आयोजना गरिएको संस्थाका सपना अधिकारीले जानकारी दिनुभयो ।
मनोरम दृश्य अवलोकनसँगै विविध मनोरञ्जनात्मक कार्यक्रम सहित सुविधा सम्पन्न बनभोज स्थल छनौट गरिएकोले कार्यक्रममा ब्यापक सहभागिता हुने विश्वास आयोजकले गरेको छ । बनभोजमा नेपाली परिकारको व्यवस्था गरिएको छ ।
सिन्धुपाल्चोक समाजद्वारा आयोजित उक्त रमाइलो बनभोज कार्यक्रमका लागि सहभागी शुल्क स्वरुप पुरुषलाई १ लाख र महिलाका लागी ८० हजार कोरियन वन निर्धारण गरिएको छ ।
कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाइदिनका लागि आयोजकले सम्पुणर् सिन्धुपाल्चोकवासी तथा अन्य दक्षिण कोरियामा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई अनुरोध गरेको छ ।
वनभोज स्थलमा जानका लागि सउलवाट साँझ ५ र सुवनवाट साँझ साढे ६ बजे बस छुट्ने पनि आयोजकले जानकारी दिएको छ ।
वनभोजमा सरिक हुन ईच्छुक व्यक्तिहरुले आफूलाई पायक पर्ने स्थानबाट सहभागीता जनाउन सकिने भएकालेसंस्थाका प्रतिनिधिहरुलाई सम्पर्क गरेर नाम टिपाउन समेत अनुरोध गरिएको छ ।
सहभागिले शुल्क बुझाउनका लागि निम्न खाता नम्वरमा रकम जम्मा गर्न सक्नुहुनेछ ।
IBK BANK A/C:-22138508002011
PANDEY NABARAJ 01074955734

थप जानकारीका लागि

थप जानकारीको लागि सम्पर्क व्यक्तिहरु:
Sapana adhikarki 010-98428347
Shova Thapa 010-97242901
Laxmi tamang 010-39299211
Kp Chaulagain 010-3268-9222
Narayan Nepal 010-59317691
Nabin shrestha 010-56249552
Bed Acharya 010-82591514
Rana blon Tamang 010-26010640
Bishal Shrestha 010-2116-9813
Uddhab Nepal 010-5723-3758
Sanjib khatiwada 010-3291-7271
Raj Lopchan tamang 010-59434912

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्