दक्षिण कोरियामा छुसकमा हुने सांस्कृतिक कार्यक्रमको बाँडफाँड सम्पन्न, तीनवटा संस्थालाई जिम्मेवारी

0
163

कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियाको महान पर्व छुसक नजिकिदै गएको छ । छुसकको अवसरमा कोरियामा सक्रिय नेपाली संघ संस्थाले विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आएका छन् ।
नेपाली सम्पर्क समिति दक्षिण कोरियाद्धारा छुसकमा हुने कार्यक्रमलाई मर्यादित व्यवस्थित गर्नका लागि कार्यक्रम बाँडफाँड गरेको छ । एनसीसीले आइतबार सौलको दोङदेमुन स्थित निक ट्राभलको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी कार्यक्रम बाँडफाँड सम्पन्न गरेको हो ।
यस वर्षको छुसकमा तीनवटा संस्थाहरुले कार्यक्रम गर्ने जिम्मेवारी पाएका छन् । लमजुङ परिवार दक्षिण कोरिया, कर्णाली प्रदेश समाज र नेपाल आदिवासी जनजाती महासंघको तर्फबाट शेर्पा संघ दक्षिण कोरियाले कार्यक्रम गर्ने जिम्मेवारी प्राप्त गरेका हुन् ।
जातीय संस्थाहरुको छाता संगठन नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाले शेर्पा संघलाई कार्यक्रम गर्न दिएको अनुमतीलाइनै एनसीसीले आदिवासी जनजाती महासंघलाई समानान्तर मित्र संगठनको रुपमा स्वीकार गर्दै जनजाती महासंघको प्रस्तावलाई हुबहु अनुमोदन गरेको बताईएको छ ।
लमजुङ परिवार, कणर्ाली प्रदेश र शेर्पा संघ दक्षिण कोरियाले क्रमशः सेप्टेम्बर १५, १६ र १७ तारिखमा कार्यक्रम आयोजना गर्ने सहमती भएको छ । थुप्रै संस्थाहरु एनसीसी अन्तर्गत रहेर कार्यक्रम गर्न तयार भएता पनि पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले भने यस पटक पनि एनसीसी मार्फत कार्यक्रम प्राप्त गर्न नसकेको जनाईएको छ ।
पुर्वाञ्चल सरोकार समाजले भने आफ्नो स्वतन्त्र ढंगले पाँचथर सेवा समाज दक्षिण कोरियालाई सेप्टेम्बर १६ तारिखमा कार्यक्रम आयोजना गर्ने अधिकार दिइसकेको छ । एनसीसीक अध्यक्ष हरि प्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा एनसीसीको संरक्षक लोचन राईको प्रमुख आतिथ्यता रहनुका साथै थुप्रै संघ संस्थाहरुको अध्यक्ष एबम् प्रतिनिधिहरुको कार्यक्रममा सहभागिता थियो ।

विगतका वर्षहरुमा गरिएका कार्यक्रमहरुले नेपाली समाजलाई विखण्डन गर्ने र अस्वस्थ्य प्रतिस्पर्धा देखिएको अवस्थालाई मध्यनजर गर्दै यसपटक नेपाली सम्पर्क समिती एनसीसीले कार्यक्रमहरु व्यवस्थित रुपमा बाँडफाँड गरेको हो । हरेक संस्थाले फरक फरक प्रकृति र संस्कृतिका कार्यक्रम गरुन भन्ने उद्धेश्यले वाँडफाँड गर्न थालिएको हो ।
सन् १९९३ मा स्थापना भई गौरबमय ईतिहास बोकेको कोरिया स्थित सम्पूणर् नेपाली संघ संस्थाहरूको छाता संस्थाका रूपमा मानिदै आएको एनसीसीले पहिलोपटक कार्यक्रमहरुलाई व्यवस्थापन गर्न थालेको हो । बिगतमा निकै राम्रो काम गरेको नेपाली सम्पर्क समिति एनसीसीले सबै संघसंस्था हरुलाई एकताबद्ध गर्नेमा जोडदिएको छ ।

एनसीसीमा हरिप्रसाद खनाल नेतृत्वमा आएसँगै संस्थागत सहकार्य आपसी सर सहयोग, भुकम्प, बिरामी साथै कोरियामा नेपाली हरुका समस्या लगायत महत्वपूणर् बिषयका कार्यक्रम, नितिगत सुधार हुँदै गएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्