‘धौलागिरी सांगीतिक सौगात भाग-४’ को मुनाफा २ करोड ४३ लाख वन

0
261

कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियाको सलनालको अवसरमा बाग्लुङ समाज दक्षिण कोरियाद्धारा आयोजित धौंलागिरी सांगीतिक सौगात भाग- ४ को आयव्यय सार्वजनिक गरिएको छ ।
आइताबार सौल स्थित दर्शन नमस्ते रेष्टुरेण्टको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी कार्यक्रमको आयव्यय सार्वजनिक गरिएको हो । धौलागिरि सांगितीक सौगातवाट २ करोड ४३ लाख ६७ हजार ६ सय २० वन मुनाफा भएको छ ।
त्यसैगरी कार्यक्रममा ७ करोड १५ लाख ५९ हजार ६ सय ४८ वन कुल कारोबार भएकोमा ४ करोड ७१ लाख ९२ हजार २८ वन खर्च भएको आयोजकले जनाएको छ । कार्यक्रमकमा लागि विभिन्न व्यक्ति वा संस्थाले सहयोगका लागि प्रतिवद्धता जनाएको ४ लाख ९८ हजार रकम उठ्न बाँकी रहेको छ ।
बाग्लुङ समाज दक्षिण कोरियाले गत सलनालको अवसरमा गण्डकी प्रदेश समाजको समन्वयमा एनसीसीले बाँडफाँड गरेको कार्यक्रम अन्तर्गत रहेर सांगीतिक कार्यक्रमको आयोजना गरेको थियो ।
बाग्लुङ समाजका अध्यक्ष भूमिराज भुसालको अध्यक्षतामा भएको आयव्यय सार्वजनिक कार्यक्रममा गैर आवसीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङको प्रमुख आतिथ्यता रहनुका साथै विभिन्न संघ/संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अवसर पारेर विशेष सहयोगि र मिडिया सहयोगीहरुलाई सम्मान समेत गरिएको थियो । यसैबीच यस न्यूजकेन्द्रबिन्दु अनलाईनकी सम्पादक डा. कमला केसीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रम सफल बनाउन प्रचार प्रसार लगायत विभिन्न भूमिकावाट योगदान गरेको भन्दै उहाँलाई सम्मान गरिएको हो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्