कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियामा सक्रिय पर्वत समाज दक्षिण कोरियाले दुई दिने बृहद सांस्कृतिक कायृक्रम तथा भेटघाट र बनभोज कार्यक्रम २०२४ आयोजना गर्ने भएको छ ।
आगामी अगस्ट महिनाको ३ र ४ तारीकका दिन दुई दिन सम्म “बृहत सांस्कृतिक, भेटघाट तथा बनभोज कार्यक्रम २०२४” आयोजना गरिएको हो ।
कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध नेपाली दाजुभाई तथा दिदी बहीनीहरुबीच आपसी सद्भाव र मेलमिलापको विकास गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष दिपक केसीले जानकारी दिनुभयो ।
विशेषगरी दक्षिण कोरिया स्थित विभिन्न पेशा व्यवासायमा आबद्ध पर्वतबासि दाजुभाई दिदिबहिनी विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले उक्त बनभोज कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष केसीले बताउनु भयो।
कार्यक्रम गर्नका लागि सुविधा सम्पन्न बनभोज स्थल छनौट गरि छिट्टैनै स्थान तय हुने आयोजकले जनाएको छ । कार्यक्रमका सहभागि हुनका लागि आयोजकले सम्पुणर् पर्वतेली दाजुभाई दिदीबहिनीका साथै नेपालीहरुमा पनि अनुरोध गरेको छ ।