लुम्विनीमा आधुनिक शौचालय बनाउन दक्षिण कोरियामा ‘पुजार सार्की’ प्रदर्शन गरिँदै

0
722

कमला केसी/दक्षिण कोरिया
नेपालको प्रसिद्ध पर्यटकीय स्थल लुम्विनीमा आधुनिक शौचालय निर्माणका लागि दक्षिण कोरियामा नेपाली कथानाक चलचित्र पुजार सार्की प्रदर्शन गरिने भएको छ ।
नेपालीहरुको संस्था फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टरको आयोजनामा आगामी जुन २ तारिकमा चलचित्र प्रदर्शन गर्न लागिएको हो ।
फ्यङथेक युनीभर्सिटीको उत्कृष्ट हलमा प्रदर्शन हुने उक्त चलचित्र अवलोकनका लागि सम्पुणर् कोरियावासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आयोजकले आग्रह गरेको छ । पुण्य काम गर्ने उद्धेश्यले चलचित्र प्रदर्शन गर्न थालिएको भन्दै आवश्यक सहयोगका लागि सवैसँग अपिल गरिएको हो ।
लुम्बिनीमा आधुनिक शौचालय निर्माणका लागि जितेन्द्र श्रेष्ठ तथा कोरियन महिला नुनाको अगुवाईमा अभियान थालिएको छ । उक्त योजनामा हालसम्म करिब ४ लाख रुपैया संकलन भैसकेको छ ।
संस्थाले बिगतमा भएका यस्तै कार्यक्रम आपतकालीन कोषको केहि रकम र केहि मनकारी नेपालीहरुले गरेको सहयोगबाट सो रकम जम्मा गरेको हो । चलचित्र प्रदर्शनबाट आएको मुनाफा पनि यसै योजानामा सामेल हुने निणर्य गरिने संस्थाले प्रतिवद्धता जनाएको छ ।

त्यसैगरी सुर्खेत समाज दक्षिण कोरियाले पनि चलचित्र पुजार सार्की को सिओल सो प्रदर्शन गर्न थालेको छ । सिओल सो का लागि टिकटक इभेन्ट खुला गरेको छ ।
इभेन्टमा सहभागी भई नगद पुरस्कार सँगै फ्री टिकट जित्ने सुवणर् अवसर प्राप्त गर्न समाजले आग्रह गरेको छ ।
टिकटक इभेन्टमा सहभागि हुनका लागि चलचित्र पुजार सार्कीको सिओल सोको बारेमा विस्तृत जानकारी सहितको भिडियो बनाउनुपर्ने, भिडियोमा चलचित्र प्रदर्शन हुने मिति, स्थान र समय को जानकारी गरिएको हुनुपर्ने, भिडियो बनाउँदा फिल्मको ट्रेलर, तीनवटा गीत “दर्शन गरे हल्का निउरेर, रिमै, जाऊ माया मध्ये कुनै एउटा प्रयोग गरी, आफ्नो प्रतिभा प्रस्तुत गर्ने वा सिओल सोको पोष्टर, ब्यानर प्रयोग गर्नु पर्ने प्रावधान राखिएको छ ।
त्यसैगरी टिकटक भिडियोमा कोरियामा रहेका कम्तीमा ५ जना साथीलाई ट्याग र कमेन्टमा मेन्सन गरेको हुनु पने भिडियो सकेसम्म छोटो हुनु पर्ने जनाईएको छ ।
टिकटक भिडियो बनाएर अपलोड गरिसकेपछि भिडियोको लिङ्क समाजको फेसबुक पेजमा मेन्सन गर्नुपर्ने,सुर्खेत समाजको आइडीबाट पोस्ट गरिएको इभेन्टको भिडियो अनिवार्य आफ्नो फेसबुकमा सेयर गर्नुपर्ने, सुर्खेत समाजको फेसबुक आईडी र टिकटक इभेन्टको लागि राखिएको टिकटक आईडीमा अनिवार्य साथी बनाएको हुनु पर्नेछ, इभेन्ट मे २४ तारिकको साँझ छ बजे करिब एकहप्ता सम्म चल्ने बताइृउको छ ।
आजै राती ८ बजेट बिजेता घोषणा गरिने भएको छ । विजेताले नगद एक लाख वन र सिओल सो को दुई वटा टिकट फ्री सहित प्रमाण पत्र पाउने भएको छ भने दोस्रो हुनेले नगर ५० हजार वोन एक टिकट र प्रमापापत्र तथा तेस्रोले नगद ३० हजार वोन फिल्म पुजार सार्कीको एक वटा वटा टिकेट फ्री सहित प्रमाण पत्र पाउने भएको छ । भने सान्त्वनाले १० हजार वोन र एक टिकट सहित प्रमााणपत्र पाउनेभएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्