दक्षिण कोरियामा छुसकमा हुने सांस्कृतिक कार्यक्रमलाई बाँडफाँड गरिने 

0
348
 
कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियाको महान पर्व छुसक नजिकिदै गएको छ । छुसकको अवसरमा कोरियामा सक्रिय नेपाली संघ संस्थाले विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आएका छन् । विगतका वर्षहरुमा गरिएका कार्यक्रमहरुले नेपाली समाजलाई विखण्डन गर्ने र अस्वस्थ्य प्रतिस्पर्धा देखिएको अवस्थालाई मध्यनजर गर्दै यसपटक नेपाली सम्पर्क समिती एनसीसीले कार्यक्रमहरु व्यवस्थित रुपमा बाँडफाँड गर्ने भएको छ । 
हरेक संस्थाले फरक फरक प्रकृति र संस्कृतिका कार्यक्रम गरुन भन्ने उद्धेश्यले वाँडफाँड गर्न थालिएको हो ।  आगामी मे २६ तारिकमा कार्यक्रम वाँडफाँड गर्नका लागि मिति तयार गरिएको छ । 
 
गत अप्रिल २८ तारिकमा सम्पन्न प्रादेशिक संस्था र नेपाली सम्पर्क समिति एनसीसी को दोस्रो बिस्तारिक बैठकले कार्यक्रम बाँडफाँड गर्ने निणर्य सहित मिति तय गरेको जनाएको छ । 
 
नेपाली संघ संस्थाले गर्ने कार्यक्रमकावाट नेपाली समाजनै बिखन्डन हुने र अस्वस्थ प्रतिस्पर्धाले कसैलाई पनि फाईदा नपुग्ने निष्कर्ष सहित सबैलाई मिलाएर लैजानको लागि कार्यक्रम बाँडफाँड गर्न लागिएको हो । मे २६ गते आईतवार दक्षिण कोरिया स्थित सुवन ट्रेन 9 गेट 경기도 수원시 팔달구 매산로6-2 मा विहान साढे ११ बजे आयोजित भेलाबाट वाँडफाँडको टुंगो लगाईने एनसीसी अध्यक्ष हरि खनालले जानकारी दिनुभयो । 
 
गत अप्रिल २८ मा भएको भेलामा सुदुर पश्चिम समाजका भिम जागृत, लुम्बिनी प्रदेश समाजका संयोजक हिमाल खनाल, कणर्ाली प्रदेशका अध्यक्ष धर्मराज जोशी, गण्डकी प्रदेश समाजका अध्यक्ष प्रविन गिरी, बागमती प्रदेश एकता समाजका अध्यक्ष बि.पि पौडेल, पुर्बाञ्चल सरोकार समाजका महासचिव केदार निरौला र एनसिसी अध्यक्ष हरि खनाल  लगायत कार्यसमिति र प्रादेशिक संस्थाको सहभागिता थियो । जसले विभिन्न तहगत संरचना, बिधान तथा कार्यक्रम बाँडफाँड लगायतको विषयमा निणर्यहरु गरेको थियो । 
सन् १९९३ मा स्थापना भई गौरबमय ईतिहास बोकेको कोरिया स्थित सम्पूणर् नेपाली संघ संस्थाहरूको छाता संस्थाका रूपमा मानिदै आएको एनसीसीले पहिलोपटक कार्यक्रमहरुलाई व्यवस्थापन गर्न थालेको हो । बिगतमा निकै राम्रो काम गरेको नेपाली सम्पर्क समिति एनसीसीले सबै संघसंस्था हरुलाई एकताबद्ध गर्नेमा जोडदिएको छ ।
 
एनसीसीमा हरिप्रसाद खनाल नेतृत्वमा आएसँगै संस्थागत सहकार्य आपसी सर सहयोग, भुकम्प, बिरामी साथै कोरियामा नेपाली हरुका समस्या लगायत महत्वपूणर् बिषयका  कार्यक्रम, नितिगत सुधार हुँदै गएको छ । 
कोरोना कालमा केन्द्रसँगै लामो समय रोकिएको बुसान क्षेत्रीय अधिबेशन गराई क्षेत्रले पनि राम्रो काम गरिरहेको छ । अन्योलमा परेका संघसंस्था हरुमा पनि एनसीसीले पहल गर्ने अपेक्षा गरिएको छ । पहिले भन्दा फरक ढङ्गले विभिन्न बिभागहरु गठन गरि संस्थालाई सेवामुलक संस्थाको रुपमा परिचित गराउनुका साथै भाषा समस्या, स्वास्थ्य समस्या, साँस्कृतिक बिभाग, खेलकुद, मनोपरामर्श साथै गौतम बुद्ध संरक्षण समिति लगायत थुप्रै बिभागहरु गठन गरि काम गरिरहेको बताईएको छ । 
 
आगामी छुसकमा विभिन्न सामाजिक काम गर्ने उदेश्य राखेर गरिने साँस्कृतिक कार्यक्रम बाडफाड कार्यक्रम लाई सफल पारिदिनुहुनको लागि प्रादेशिक, जातिय, क्षेत्रीय, जिल्लागत, पत्रकार, धार्मिक संघ संस्थाका साथै बुद्धीजिबी, ब्यापारि, बिधार्थी र कोरियामा रहेका सम्पूणर् नेपाली दाजुभाई दिदीबहीनीलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्