कमला केसी/दक्षिण कोरिया
विभिन्न पेशा व्यावसायका लागि दक्षिण कोरियामा बस्दै आएका नेपालीहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिने भएको छ ।
कोरियामा रहेका विभन्न चारवटा संस्थाको आयोजनामा नेपालीहरुको निशुल्क रक्त परिक्षण, पेट सम्वन्धि रोग र डिप्रेसन तथा तनाव सम्वन्धि रोगको निःशुल्क परिक्षण गरिने भएको हो । शिविरमा ८० प्रकृतिका रक्त परिक्षणहरु गरिने भएको छ । आगामी मे १९ तारिकमा हुने शिविर JTS 안산 다문화센터 (경기도 안산시 단원구 신길로 1길 82 MG새마을금고 5층) मा संचालन गरिने भएको छ ।
नियमित सेवा व्यावसाय र जागिरको क्रममा स्वास्थ्य परिक्षण समेत गर्न नपाएका वा आर्थिक अभावका कारण अस्पताल जान नसकेका नेपालीहरुको समस्यालाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको हो । शिविरमा चेकअपको लागि रातिको १२ः०० बजे देखि खाली पेट रहनुहुनपर्नेछ आयोजकले जनाएको छ । स्वास्थ्य परीक्षणको लागि इच्छुक नेपालीहरुले तलको गुगल फाराम मार्फत अग्रीम नाम दर्ता गर्नुपर्नेछ । सिट सिमित भएकोले पहिला नाम दर्ता गराउनेलाई प्राथमिकता दिईने आयोजकले जनाएको छ । स्वास्थ्य परिक्षणका लागि आउँदा साथमा आफ्नो परिचय खुल्ने पासपोर्ट अथवा आइडी कार्ड लिएर आउन आग्रह गरिएको छ ।
कोरियास्थित कोरियन मेडिकल ओमन्स एशोसिएसन, एनटिबीएस, एचपीआरआर कोरिया, मेन्टल हेल्ट वेलफेयर सेन्टर आनसान, र सान्जेन मेडिकल फाउण्डेशनले संयुक्त रुपमा शिविरको आयोजना गरेका हुन भने एनआएनए ख्यङ्गी इच्छन प्रान्त, पाँच स दक्षिण कोरिया र आन्सान नेपाली समाजले सहकार्य गरेका छन् ।
फारम भर्ने लिंक र सम्पर्क नम्वर तल उल्लेख गरिएको छ ।
आयोजक
* Korean Medicall Women’s Association
* Nepal Tourism Board HPRR for Korea (K.P Sitoula 010-4767-5248)
* Mental Health Welfare Center, Ansan
* Seejene Medical Foundation
सहकार्य (आन्सान क्षेत्र) * NRNA ख्यङ्गी इन्छन प्रान्त
– अर्जुन श्रेष्ठ: 010-7728-7307
* पाँच-स दक्षिण कोरिया- विष्णु थापा: 010-4694-6680
* आन्सान नेपाली समाज- भुवन काफ्ले: 010-8441-9302