कमला केसी/दक्षिण कोरिया
गण्डकी प्रदेश समाज दक्षिण कोेरियाले आयोजना गरेको “गण्डकी कप भलिबल प्रतियोगिता २०२४” को तयारी अन्तिम चरणमा पुगेको छ ।
“स्वास्थ्यका लागि खेल, सद्भाव र समन्वयको मेल” भन्ने नारा सहित यहि मे १२ मा प्रतियोगिता संचालन गर्न थालेको हो । नेपाल कोरिया भलिबल संघको मातहतमा रहने गरी सो मैत्रीपूणर् भलिबल प्रतियोगिता सुवनको आजु युनिभर्सिटीको खेलमैदानमा आयोजना गरिएको समाजका अध्यक्ष प्रविण गिरीले जानकारी दिनुभयो ।
खेल संयोजक श्रवण श्रेष्ठका अनुसार प्रतियोगिताका लागि २० वटा समुहले टिम दर्ता गराएका छन् । प्रतियोगितामा बागलुङ समाज, कणर्ली प्रदेश, मोना कोरिया, सुदुरपश्चिम, आयोजक गण्डकी प्रदेश, अन्नपुणर् गोरखा, मोक्पो भलिवल क्लव, पर्वत समाज, केभिसि, र तनहुँ तथा अर्को समुहमा थेसो परिवार, बागलुङ ढोरपाटन, पुर्वाञ्चल पहेलो, सिन्धुपाल्चोक समाज, पुर्वाञ्चल निलो, अन्नपुणर् विश्वकर्मा समाज, स्याङ्जा परिवार, आनसान भलिवल क्लव, ओएचसी बागलुङ र गुल्मी सम्पर्क समितिले प्रतिस्पर्धामा भाग लिएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमश ः २० लाख र १२ लाख कोरियन वन प्रदान गरिने र सान्त्वना दुई टिमलाई जनही ४/४ लाख कोरियन वन सहित मेडल र प्रमाण पत्र प्रदान गरिनुका साथै अन्य विधातर्फ प्रमाण पत्र सहित खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिफ्टर र उत्कृष्ट ब्लकरलाई जनही ५० हजार कोरियन वोन प्रदान गरिने खेल संयोजक श्रवण श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागि खेलाडी तथा दर्शकको लागि खाजा व्यवस्थापनमा गण्डकी प्रदेश समाजका उपाध्यक्ष देवि गौतम, कुमार गुरुङ, किसान पौडेल र निर्मला नेपाली रहनुभएको छ भने स्वयंसेवक व्यवस्थापनमा सदस्य खेम थापा रहनुभएको छ ।
प्रतियोगिता स्थलमा स्वादिष्ट भोजन तथा विभिन्न नेपाली परिकारहरुको व्यवस्था समेत गरिएको आयोजकले जनाएको
प्रथम गण्डकी कप प्रतियोगितामा खेलाडी तथा दर्शकहरुले कभर्ड हल भित्र अनिवार्य विभिन्न नियमहरु पालना गर्नुपर्ने भएको छ । दर्शकहरु अनिवार्य रुपमा प्याराफिटमा बस्नुपर्ने, खेल मैदान भित्र खेलाडी र अफिसियलले अनिवार्य रुपमा इनडोर सुज अथवा बाहिर प्रयोग नगरिएको स्पोर्ट्स सुज लगाउनु पर्ने, खाना एवं नास्ता तोकिएको क्षेत्रमा खानुपर्ने, धुम्रपान तोकिएको क्षेत्रमा गर्नुपर्ने, मध्यपान पूणर् रूपमा निषेध गरिएको पनि खेल संयोजक श्रवणकुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै फोहोर निश्चित ठाउँमा फाल्नुपर्ने साथै शौचालय सफा रुपमा प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।
स्थापनाकाल देखि परोपकारी कार्यमा संलग्न रहँदै आएको यस संस्थाले अन्य संघसंस्थाहरुसँग निरन्तर सहकार्य र हातेमालो गरिरहेको सन्दर्भ उल्लेख गर्दै प्रतियोगिता सफल बनाउन प्रायोजन, सहप्रायोजन र सौजन्यको निमित्त विभिन्न व्यक्ति, संघसंस्था, प्रतिष्ठान, मनकारी व्यक्ति र शुभचिन्तकहरुबाट सहयोगको अपेक्षा गरिएको समाजका महासचिव विदुर शर्माले स्पष्ट पार्नुभयो ।
“गण्डकी कप भलिबल प्रतियोगिता २०२४” मा टिम दर्ता शुल्क ३ लाख ५० हजार कोरियन वन रहेको थियो भने टिम दर्ता अन्तिम मिति २०२४ अप्रिल ५ सम्म कायम गरिएको थियो । प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न संंघ संस्था तथा व्यक्तिहरुले सहकार्य र सहयोग गरेका छन् ।