कमला केसी-दक्षिण कोरिया
नेपाल गोरखा परिवार दक्षिण कोरियाद्वारा आयोजित बृहत भेटघाट तथा बनभोज कार्यक्रम २०२४भब्य रूपमा सम्पन्न भएको छ ।
प्रवासमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुबीच आपसी सामिप्यता, भाइचारा प्रगाढ बनाउदै संस्थागत सम्बन्ध बलिलो बनाउने उद्धेश्यका साथ आयोजित वनभोज कार्यक्रममा मिष्ठान भोजन र बिभिन्न सांस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन प्रदान गरिएको थियो । मे ४ र ५ गरी दुईदिनसम्म संचालित कार्यक्रममा एक अर्काबीच आपसी चिनजान, संस्थाहरुका भावी कार्यक्रम र योजनाहरुका बारेमा समेत छलपफल गरिएको थियो ।
कार्यक्रममा गोरखा परिवारका निबर्तमान अध्यक्ष नबराज भट्टराई, संरक्षक सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्य, एनआरएनए अध्यक्ष बुद्धी गुरुङ, उपाध्यक्ष हरि भट्टराई, उपाध्यक्ष तारा पुन मगर, एनसिसि उपाध्यक्ष हर्क विष्ट, महासचिव दिपक थापा, गण्डकी प्रदेश समाजका अध्यक्ष प्रवीण गिरीु ,उपाध्यक्ष कुमार गुरुङ, उपाध्यक्ष किसन पौडेल, महासचिव विदुर शर्मा, कोषाध्यक्ष श्रवण श्रेष्ठ, लुम्बिनी प्रदेश संयोजक हिमाल खनाल, सुदुरपश्चिम समाज संरक्षक जितेन्द्र महता, उपाध्यक्ष विकास बोहोरा लगायतको सहभागिता थियो ।
त्यसैगरी कर्णाली प्रदेश समाजका अध्यक्ष धर्मराज तिवारी, तमुधिं अध्यक्ष रूपा गुरुङ, नेपाल मगर संघ अध्यक्ष तुल घर्र्ती मगर, राप्ती समाज अध्यक्ष अमृत केसी, समाजसेवी कमला साउद, पाँच स अध्यक्ष विष्णु थापा, वाग्लुङ समाज अध्यक्ष भुमिराज भुसाल ,नवलपुर अध्यक्ष हरि कडेल, अर्घाखाँची सम्पर्क मन्चका सनु खनाल, पाचथर सेवा समाज , नुवाकोट समाज अध्यक्ष वुद्धि तामाङ, कास्की परिवारका महासचिव अशोक थापा, सुर्खेत समाज महासचिव रूपक केसी, स्याङ्जा परिवार समाजका सहकोषाध्यक्ष शितल नेपाली, पर्वत समाजका महासचिव कमला केसी, सिन्धुपाल्चोक समाज महासचिव उद्धव नेपाल, तनहुँ समाज महासचिव खेम मगर समाजसेवी तथा व्यवसायी गिरिराज कुँवर पनि कार्यक्रममा सहभागि हुनुभएको थियो ।
कार्यक्रम सम्पन्न गर्नका लागि बिभिन्न बिभागमा रहेर योगदान गर्नुहुने सम्पुर्णमा अध्यक्ष दिपक श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको छ ।