पर्वतको कुश्माका २१ बर्षीय युवा अमेरिकाकाे मेरिल्याण्डबाट सम्पर्क बिहीन

0
122

पर्वत – अमेरिकाकाे न्युयोर्कमा बस्दै आएका २२ बर्षीय युवा अमन खान शनिबारदेखि मेरिल्याण्डबाट बेपत्ता भएपछि नेपालमा रहेका उनका परिवारले खोजीका लागि सघाउन आग्रह गरेका छन् । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ५ वडगाउँ शिवालयका २२ बर्षिय खान शनिबारविहानदेखि सम्पर्कविहिन भएको उनका बुबा अश्लम खानले खसोखासलाई जानकारी दिएका छन् ।

झण्डै डेढ बर्ष अगाडि अमेरिका आएका अमन खान न्युयोर्कमा बस्दै आएका थिए । आफूले बाल्टिमोरको रेष्टुरेण्टमा काम खोजिदिएको र अप्रिल २१ आइतबार काममा आउन भनेपनि खान अप्रिल २६ शुक्रबार राती न्युयोर्कबाट हिडेको मेरिल्याण्डबाट धन थापाले जानकारी दिए ।

‘उनलाई आइतबारदेखि रेष्टुरेण्टमा काम खोजिदिएका थियौं । उनले सोमबार आउने बताएका थिए । तर उनी न्युयोर्कबाट मेगाबस शुक्रबार रातीमात्र हिडेका थिए । मेरिल्याण्डमा राती २ बजे बसबाट झरेका रहेछन् । शनिबार विहानमात्र उनीसँग सम्पर्क भएको थियो । त्यसपछि उनी सम्पर्कविहिन भएका छन् ।’ – धन थापाले जानकारी दिए ।

पहिले बाल्टिमोरमा नै काम गरेका उनी पछि न्युयोर्कमा आएका थिए । बुबा अश्लम खानको अनुरोधमा आफूले अमनलाई बाल्टिमोरमा काम खोजिदिएर बोलाएको तर उनी त्यहाँ पुगेपछि बेपत्ता भएको थापाले खसोखासलाई बताए । विहान उनले आफू डिसी पुगेको बताएको र वरपर जंगल रहेको बताएको थापाले जानकारी दिए ।

उनले अन्तिम पटक बुबासँग कुरा गर्दा आफू १२० रोजवीक रोड, ला प्लाटा, मेरिल्याण्डमा रहेको बताएका थिए ।
न्युयोर्क समय अनुशार शनिबार विहान ९ बजेतिर भिडियोकल भएपछि छोरासँग सम्र्पक हुन नसकेको पर्वतको कुश्मामा रहेका अमनका बुवा अश्लमले जानकारी दिए । बुबा अश्लमका अनुशार २ छोरा र एक छोरी मध्ये जेठो छोरा अमन १६ महिना अघि टेक्सास हुदै अमेरिका प्रवेश गरेका थिए ।

पछिल्लो २ महिना देखि अमन बिरामी रहेको बुवा अश्लमले जानकारी दिए । मोवाइलमा रिचार्ज गरिदिनका लागि छोराले शनिबार बिहान भनेको र रिचार्ज गरिदिएपछि छोरासँग सम्पर्क हुन नसकेको भन्दै उनले अमेरिकामा रहेका नेपाली संघ संस्था र समुदायहरुलाई खोजीका लागि सघाउन अनुरोध गरेका छन् ।

आफ्नो कार्यालयमा आएको जानकारी अनुशार अमन शनिबार विहान युनियन स्टेशनमा आएको र त्यहाँबाट बेपत्ता भएको मेरिल्याण्ड राज्य सांसद ह्यारी भण्डारीले जानकारी दिए । प्रहरीलाई युनियन स्टेशनमा पठाएपनि उनलाई फेला पार्न नसकिएको भण्डारीले बताए । आफूले डिसीको प्रहरीसँग यसबारे कुराकानी गरेको तथा आफ्नो कार्यालयले बस कम्पनीसँग सम्पर्क गरिरहेको तर फेला पार्न नसकिएको भण्डारीले बताए ।

अमनलाई हालै इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले हाजिर हुन सुचित गरेको समेत जनाइएको छ । अब खोजीका लागि भोलि आइसमा सम्पर्क गर्ने भण्डारीले बताए । भण्डारीले खोजीकार्य जारी राख्ने र उनलाई सकुशल फेला पार्ने आशा व्यक्त गरेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्