कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियाका विभिन्न स्थानमा प्रदर्शन गरिएको नेपाली कथानाक चलचित्र ‘महाजात्रा’ बाट भएको मुनाफा विभिन्न सामाजिक कार्यमा सहयोग गरिएको छ ।
दक्षिण कोरियाका विभिन्न शहरमा ‘महाजात्रा’ प्रदर्शन हुने क्रम जारी छ । यसैबीच जेजु नेपाल कमिटि दक्षिण कोरियाद्धारा प्रदर्शन गरिएको नेपाली ब्लकबस्टर चलचित्र ‘महाजात्रा’ वाट भएको मुनाफा मानव सेवा आश्रम भक्तपुरलाई हस्तान्तरण गरिएको छ ।
जेजु नेपाल कमिटिले विशाल आवाज मल्टिमिडिया प्रालिको सहकार्यमा जेजु शहरमा फिल्म प्रदर्शन गरेको थियो । सोमवार मानव सेवा आश्रम भक्तपुरमै पुगेर मुनाफा मध्येको रु. ५० हजार रुपैया हस्तान्तरण गरिएको हो । त्यसैगरी सुर्खेतमा रहेको बादी सरोकार मञ्चलाई पनि ८० हजार रुपैया सहयोग गरिएको छ ।
यसैगरी गत मार्च ३० तारिखमा गजेदो सो वाट आएको मुनाफावाट रु १ लाख भन्दा बढि काठमाण्डौको गोकणर्ेश्वर वडा नं. ४ मा अवस्थित संयुक्त अपाङ्ग एकता आवाज केन्द्रका ५८ जना बालबालिकाको पालनपोषण, लत्ताकपडा, र बस्ने बास व्यवस्थापनका लागि आगामी शनिवार सहयोग गरिने भएको छ ।
यस्तै गत अप्रिल १६ मा बुसानमा प्रदर्शन भएको महाजात्रावाट आएको मुनाफावाट रु. ४० हजार कार दुर्घनामा परि घाईते हुनुभएका क्यङसुङ युनिभर्सिटीका विद्यार्थीलाई सहयोग गरिने भएको छ ।
विशाल आवाज मल्टिमिडिया प्रालीको सहकार्यमा दक्षिण कोरियामा महाजात्रा प्रदर्शन गरिएको हो । यसअघि पनि विशाल आवाज मल्टिमिडिया प्रालीले दक्षिण कोरियामा प्रदर्शन अधिकार पाएको “दिमाग खराब” चलचित्र प्रदर्शन गर्नुहुने आयोजक संस्था हरु मिलेर जाजरकोट भूकम्प पीडितलाई रु ५ लाख ५० हजार बराबरको सहयोग वितरण गरिएको थियो ।
हाल सम्म चलचित्र महाजात्राको कोरियामा १५ वटा सो भइसकेको छ भने अझै अप्रिल २८ र मे ५ मा पनि प्रदर्शन हुने बताईएको छ ।







