कमला केसी/दक्षिण कोरिया
लुम्बिनी प्रदेशबाट विभिन्न पेशा, व्यावसाय र अध्ययनका लागि दक्षिण कोरियामा रहेका व्यक्तिहको भेला आइतवार सम्पन्न भएको छ ।
प्रथम भेलाले हिमाल खनालको संयोजकत्वमा लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको तदर्थ समिति गठन गरेको छ । नवगठित समाजको सहसंयोजकमा चुडामणि भण्डारी रहनुभएको छ भने सदस्यहरुमा अमृत के सी, मदन गौतम, ईश्वर सुवेदी, केशव पौडेल, युवराज गौतम, युवराज पौडेल, जिवन थाप, दिपक थापा मगर, विरेन्द्र राहुं मगर, योगेन पुन, रुद्र पौडेल, जितेन्द्र के सी, नारायण खनाल, विज्ञान अर्याल, मदन थापा, सि एन भण्डारी, सोवणर् वली, वर्षा भण्डारी र बिष्णु बन्जाडे रहनुभएको छ ।
सामाजिक क्षेत्रमा काम गर्ने उद्धेश्यले स्थापना भएको समाजले आगामी दिनमा विभिन्न रचनात्मक र सिर्जनात्मक कामहरु अघि बढाउन संयोजक खनालले बताउनुभयो ।






