कमला केसी/दक्षिण कोरिया
नेपाल भलिबल संघ दक्षिण कोरियाको पाँचौ बार्षिक साधारण सभा आगामी मे ५ तारिखमा हुने भएको छ । संघको हालै सम्पन्न बैठकले मे ५ मा साधारण सभा गर्ने निणर्य गरेको हो ।
दक्षिण कोरियालाई कर्मथलो बनाई बसोवास गर्दै आएका नेपाली भलिवल खेलाडीहरुको पहलमा ‘स्वास्थ्यका लागि खेल राष्ट्रका लागि खेल’ भन्ने मुल नाराका साथ सन् २०१७ मा संस्था स्थापना भएको हो ।
साधारण सभामा बार्षिक आयव्यय, संस्थागत प्रगति प्रतिवेदन र आगामी कार्ययोजनावारे छलफल हुने महासचिब लेसन गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रम मे ५ तारिख आईतवार दिउँसो १२ बजेदेखि दर्शन नमस्ते सभाहलको छैटौ तला दोङदेमुन सिओलमा हुने गुरुङले बताउनुभयो
साधारण सभामा उपस्थितिका लागि संस्थाका संरक्षक, सल्लाहार, नेपाली भलिवल खेल सम्वद्ध संघसंस्थाका अध्यक्ष, खेल संयोजक, विभिन्न संघ संस्थाका प्रतिनिधि, राष्ट्रिय तथा क्षेत्रीय भलिवल रेफ्रिहरु, कोरियावासी भलिवल खेलाडीहरु, पत्रकार, विद्यार्थी, व्यावसायी तथा खेलप्रेमी महानुभावहरुलाई अनुरोध गरिएको छ ।






