नेपाली कथानक चलचित्र “पुजार सार्की” को सुवन शो यहि आउँदो जुन ०९ तारिख मा गरिँदै

0
317

कमला केसी/दक्षिण कोरिया
नेपाली कथानक चलचित्र पुजार सार्की यहि आउँदो जुन ९ तारिख आईतवार प्रदर्शन हुने भएको छ ।
दिनेश रावत द्वारा निर्देशित चलत्रित्र पुजार सार्कि सुवन स्थिति FAMILY WOMEN,S HALL (경기도 수원시 팔달구 행궁로 88) 남문로 데오아트 홀 हलमा प्रदर्शन गरिने भएको हो ।
राप्ती समाज दक्षिण कोरियाद्वारा आपतकालीन राहत कोष स्थापनार्थ चलचित्र प्रदर्शन गर्न लागिको हो । यहि मिति २०२४/०६/०९ तारिख पहिलो सो बिहान ११ बजे देखि र दोस्रो सो दिउसो २ः३० वाट चलचित्र “पुजार सार्की” प्रदर्शन गर्ने तयारी भैरहेको समाजका अध्यक्ष अमृत के सीले जानकारी दिनुभयो ।
नेपाली चलचित्र क्षेत्रका सुपर स्टार प्रदिप खड्का, पल शाह र आर्यन सिग्देलको मुख्य भुमिका रहेको नेपाली जात व्यवस्थाको सामाजिक कथा वस्तुमा आधारित फिल्म पुजार सार्की सबै नेपालीहरुका लागि महत्वपुणर् रहेको छ ।
फिल्मका मुख्य कलाकारहरुमा प्रदिप खड्का पल शाह र आर्यन सिग्देल लगायतका चर्चित कलाकारहरु रहनुभएको छ ।
कोरियाका लागि भने अफिसियल राइट्स “सुर्खेत समाज दक्षिण कोरिया” ले पाएका हो । फिल्मले अहिले सम्मकै ब्लक बास्टर फिल्मको रेकर्ड तोड्न सक्ने कथाबस्तु रहेको निर्माण पक्षले दाबी गरेका छ । दिनेश रावत नेपाली चलचित्र क्षेत्रमा सामाजिक, मनोरञ्जन र अर्गानिक कथा वस्तु लाई पर्दामा ल्याउन सक्ने एक कुशल सफल निर्देशकको रुपमा परिचित रहेका छन् ।
उक्त चलचित्र प्रदर्शनीमा सहभागि भई मनोरञ्जन र नेपाली जात व्यवस्थाको बारेमा ज्ञान लिनका लागि आयोजकले अनुरोध गरेको छ ।

चलचित्र हेर्नका लागि हल सम्म पुग्न ः
Adress- (경기도 수원시 팔달구 행궁로 88) 남문로 데오아트 홀) suwon station exit no 9 बाट सिधा अगाडिको 매산시장 bus stop बाट 9, 9-1, 10, 13, 13-4 नम्बर बस प्रयोग गरी 가족여성회관, 이춘택병원, 수원농협 ( FAMILY WOMEN’S HALL) मा झर्ने।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्