सिल्धुपाल्चोक समाज दक्षिणकोरियाद्धारा ‘महाजात्रा’ प्रदर्शनीको आयव्यय सार्वजनिक

0
230

कमला केसी/दक्षिण कोरिया
सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले गत मार्च २४ गते प्रदर्शन गरेको नेपाली कथानाक चलचित्र महाजात्राको आयब्यय सार्वजनिक गरेको छ ।
“आपसी सद्भाव सहयोग र सदाचार सिन्धुपाल्चोक बासीको मिलनको आधार“ भन्ने सामाजिक उद्देश्यले स्थापना भएको संस्थाले राहत कोष स्थापनाका लागि महाजात्रा प्रदर्शन गरेको थियो । कोरियाको सौलको दोङ्गेमुनमा प्रदर्शन गरिएको महाजात्रा चलचित्र प्रदर्शनीबाट ७५ लाख १९ हजार वन बचत भएको छ ।
चलचित्र प्रदर्शनीमा १ करोड २० लाख १० हजार ६ सय ६३ रुपैया संकलन भएकोमा ४४ लाख ९१ हजार ६५६ खर्च भएको आयोजकले जनाएको छ ।
टिकट विक्रिवाट ६५ लाख ७५ हजार, व्यक्तिगत सहयोगवाट १३ लाख ७० हजार ८८८, संस्थागत सहयोगवाट १३ लाख ५५ हजार, कार्यसमितिवाट सहयोग २१ लाख ७ हजार ७ सय ७५, प्रायोजकवाट ४ लाख २ हजार, रेमिटवाट २ लाख संकलन भएको कोषाध्यक्ष सुरज श्रेष्ठले जानकारी दिनुभयो ।
राहत कोषको स्थापनार्थ चलचित्र प्रदर्शनी भएसँगै प्राप्त भएको मुनाफालाई नेपाल वा कोरियामा दैविक प्रकोप तथा आपतकालीन अवस्थामा राहत रकमको रूपमा सहयोग गरिने भएको छ ।
चलचित्र प्रदर्शनीमा सहभागी भएर संस्थाको अभियानलाई साथ र सहयोग दिने सम्पूणर् कोरियावासी महानुभाव, सहयोगी व्यक्तित्व, कोरिया स्थित सामाजिक संस्थाहरू प्रति समाजले आभार व्यक्त गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्