दक्षिण कोरियामा भोली नेपाली कथानाक चलचित्र डिग्री माईलाको भब्य प्रदर्शन हुँदै

0
295

कमला केसी/दक्षिण कोरिया
नेपाली कथानाथ चलचित्र डिग्री माईलाको भोली दक्षिण कोरियामा भव्य प्रदर्शन हुने भएको छ ।
जेवी बैंक नेपाल कमलाको आयोजनामा भोली अप्रिल २१ गते फिल्म प्रदर्शन गर्न थालिएको हो । विगत लामो समयदेखि नेपालका विभिन्न जिल्लाहरुका ४८ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्दैै आईरहेको जेवी बैंक नेपाल कमलाले यस वर्ष बढाएर ६६ जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने उद्धेश्यले डिग्री माईला प्रदर्शन गर्न थालेको हो ।
दक्षिण कोरिया स्थित수원시 팔달구 행궁로 डड (남문로데오아트홀)_  Family WomenÚs Hall मा दिउँसो १ बजेदेखि प्रदर्शन हुने प्रदर्शनीमा कोरियामा रहनुहुने विभिन्न संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधि, बुद्धिजिवी, व्यवसायी, पत्रकार, विद्यार्थी, चलचित्र प्रेमी लगायत सम्पूणर् नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहभागिताका लागि अनुरोध गरिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्