कमला केसी/दक्षिण कोरिया
स्याङ्जा परिवार दक्षिण कोरियाले दुई दिने बनभोज कार्यक्रम आयोजना गरेको छ ।
आगामी जून महिनाको १ र २ तारिक मा दुई दिने रमाइलो बनभोज कार्यक्रम आयोजना गरेको हो ।
स्याङ्जा परिवारले आफ्नो दुई शाखाहरु किम्हे/बुसान र थेगु शाखासँगको संयुक्त आयोजनामा सउल, बुसान र थेगुको मध्य भागमा पायक पर्ने गरी सो कार्यक्रमको आयोजना गरेको आयोजकले जनाएको छ ।
विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका स्याङ्जाली दाजुभाई तथा दिदीबहिनीहरु विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने उद्धश्यले उक्त बनभोज कार्यक्रम आयोजना गरिएको संस्थाका केन्द्रीय अध्यक्ष भक्त थापाले जानकारी दिनुभयो ।
वर्षेनी आयोजना गर्दै आइरहेको नियमित कार्यक्रम अन्तर्गत यसपटक पनि बनभोज कार्यक्रम गर्न थालिएको किम्हे/बुसान शाखाका अध्यक्ष आशिष रानाभाटले जानकारी दिनुभयो ।
मनोरम दृश्य अवलोकनसँगै विविध मनोरञ्जनात्मक कार्यक्रम सहित सुविधा सम्पन्न बनभोज स्थल छनौट गरिएकोले कार्यक्रममा ब्यापक सहभागिता हुने विश्वास आयोजकले गरेको छ ।
स्याङ्जा परिवारद्वारा आयोजित उक्त रमाइलो बनभोज कार्यक्रमका लागि सहभागी शुल्क स्वरुप पुरुषलाई १ लाख र महिलाका लागी ८० हजार कोरियन वन निर्धारण गरिएको छ ।
कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाइदिनका लागि आयोजकले सम्पुणर् स्याङ्जाली तथा अन्य दक्षिण कोरियामा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई अनुरोध गरेको छ ।
वनभोजमा सरिक हुन ईच्छुक व्यक्तिहरुले आफूलाई पायक पर्ने स्थानबाट सहभागीता जनाउन सकिने भएकालेसंस्थाका प्रतिनिधिहरुलाई सम्पर्क गरेर नाम टिपाउन समेत अनुरोध गरिएको छ ।






