कमला केसी/दक्षिण कोरिया
नेपाली नयाँ वर्ष २०८१ को पावन अवसरमा दक्षिण कोरियामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
गण्डकी प्रदेश समाज दक्षिण कोरियाको आयोजनामा शुभकामना आदानप्रदान गरिएको हो । सुवनमा रहेको कामना सभाहलमा सम्पन्न भएको कार्यक्रममा कोरिया बसाईको कार्यकाल पुरा गरि नेपाल फर्किन लाग्नुभएका पर्वत समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्ष नविन पराजुलीलाई सम्मान सहित विदाई गरिएको छ ।
कार्यक्रममा नयाँ वर्षकै दिनदेखि संचालनमा आएको कामना सभा हल तथा कामना घर (सेल्टर)को पनि समुद्घाटन गरिएको छ ।
उक्त हलको एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ र गण्डकी प्रदेश समाजका अध्यक्ष प्रविन गिरीले संयुक्त रुपमा पानसमा बत्ति बालेर उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गतका जिल्ला अध्यक्ष र प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङले नेपाली चाडपर्व, धर्म संस्कृति र रितीरिबाजको विश्वका जुनसुकै ठाउँमा पुगेपनि संरक्षण गर्नु नेपालीहरुको दायित्व हुने बताउनुभयो । उहाँले नयाँ वर्षको अवसरमा दक्षिण कोरियामा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरुको सुख शान्ति र समृद्धिको कामना समेत गर्नुभएको छ । उहाँले व्यावसायिक दृष्टिकोणले संचालनमा आएको कामना सभाहल र कामना सेल्टरका संचालकलाई बधाई तथा ब्यावसायिक सफलताको कामना समेत गर्नुभयो ।
लामो समयदेखि कोरियामा बस्दै आउनुभएका पर्वतको मोदी गाउँपालिका वडा नं. ५ बाजुङका युवा दिपक केसीले कामना सभाहल र कामना सेल्टर संचालनमा ल्याउनुभएको हो ।