ख्यङ्गि, ख्वाङ्जु नेपाली एकता समाज दक्षिण कोरियाको अध्यक्षमा भट्टराई

0
74

कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियामा सक्रिय ख्यङ्गि ख्वाङ्जु नेपाली एकता समाजको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले नबराज भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

समितिको बरिष्ठ उपाध्यक्षमा ह्यारी थापा, महिला उपाध्यक्षमा सन्जिता लामा र उपाध्यक्षमा अशोक कुमार थापा, छविराम धमला ( सुन्याम) र रन्जु श्रेष्ठ रहनुभएको छ । समाजको महासचिवमा ह्यारी बोण्ड, सचिवमा दिलिप जङ्ग पाण्डे र श्रीराम थापा, कोषाध्यक्ष नारायण कंडेल र सहःकोषाध्यक्षमा सन्तोष ताम्राकार रहनुभएको छ ।
समाजका नवनिर्वाचित सदस्यहरुमा अनिल पौडेल, रामु रेग्मी, श्रीधर अर्याल, लाक्पा ओङ्दी शेर्पा, सन्तोष प्रसाद श्रेष्ठ, युवराज भट्टराई, सविन खड्का, सन्तोष कुमार श्रेष्ठ, सन्जोग चेम्जोङ, चन्द्र भट्टराई, विश्वास भुसाल, लक्ष्मण दाहाल,जीवन पौडेल, नेत्र कुँवर, रमेश भुजेल र कमला भुसाल रहनुभएको छ ।
“उपकारी मन सहयोगी हात,परदेशी भुमिमा आपसी सद्भाव’ भन्ने मुल नारा सहित ख्यङ्गि ख्वाङ्जु ,सङ्नाम ,योङ्गिन, यजु, ईछन आसपासका एरियाहरुलाई समेट्ने गरि ख्यङ्गि ख्वाङ्जु नेपाली एकता समाज स्थापना भएको हो । समाजले दक्षिण कोरियामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको आपत विपदमा सहयोग गर्नुका साथै नेपालमा समेत विभिन्न सामाजिक कार्यमा योगदान पुर्‍याउँदै आएको अध्यक्ष भट्टराईले बताउनुभयो । आगामी दिनमा पनि रचनात्मक काम गर्दै जाने उहाँको भनाई रहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्