दक्षिण कोरियामा नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्दै सोनसिक, बालबच्चाहरुको लागि विशेष कक्षा संचालन गरिँदै

0
606

कमला केसी/दक्षिण कोरिया
विभिन्न रोजगारी, अध्ययन तथा पेशा व्यावसायका दक्षिण कोरियामा रहेका परिवारका बालबच्चाहरुलाई नेपाली भाषा र संस्कृति तर्फ आकर्षण गर्ने उद्धेश्यले दोस्रो पुस्ताका लागि अनलाईन शिक्षा कार्यक्रम संचालन गरिने भएको छ ।

दक्षिण कोरियामा सक्रिय रहेको नेपाली विद्यार्थी समाज दक्षिण कोरियाले सेकेन्ड जेनेरेशन अनलाईन एजुकेशन कार्यक्रम शुरु गरेको हो । जसवाट नेपाली बालबच्चाहरूलाई नेपाली भाषा संस्कृतिका बारेमा शिक्षा प्रदान गरिने भएको छ । दक्षिण कोरियामा रहेपनि नेपाली भाषा र संस्कृति र अंगे्रजी लेखन कार्य नविर्सिउन भन्ने उद्धेश्यले यस्तो कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक तथा सोनसिक क्षेत्र नं. ४ का उपसभापति अंकित राना मगरले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा आफ्ना बाल बच्चाहरूलाई सहभागी गराउनका लागि गुगल फारम भरेर नाम दर्ता गराउन समेत संस्थाले आग्रह गरेको छ ।

फारम भर्नका लागि अप्रिल १२ अर्थात आज अन्तिम मिति समेत तोकिएको छ । हरेक शनिवार र आईतवार १ घण्टा कक्षा संचालन हुने भएको छ । अप्रिल १३ गतेदेखि संचालन हुने कक्षा जुलाई ७ मा सकिने जनाइएको छ ।
कार्यक्रम सम्बन्धी विस्तृत जानकारी गुगल फर्ममा पनि राखिएको मगरले बताउनुभयो ।
थप जानकारीका लागिः

Mr. Ankit Rana Magar / संयोजक तथा सोनसिक उप-सभापति, क्षेत्र नं ४ / 010-2523-9802
Dr. Indira Tiwari / सोनसिक सल्लाहकार / 010-4036-2364
Mr. Narayan Shah / सोनसिक सचिव / 010-5854-3744
फारम भर्ने अवधि यहि अप्रिल १२ तारिख सम्म ।
फारम भर्ने लिंक: https://forms.gle/Fb1yAUoPzMxs6uVA9

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्