नेपाल गोरखा परिवार दक्षिण कोरियाद्धारा बृहत् भेटघाट तथा बनभोज कार्यक्रम आयोजना

0
1060

कमला केसी/दक्षिण कोरिया
नेपाली दाजुभाई तथा दिदीबहिनीहरुबीच आपसी सम्वन्ध र भाईचाराको विकास गर्ने उद्धेश्यले नेपाल गोरखा परिवार दक्षिण कोरियाले बृहद भेटघाट तथा बनभोज कार्यक्रम गर्ने भएको छ ।
गोरखा परिवारले यहि आउँदो मे महिनाको ४ र ५ तारिक गरी दुई दिन सम्म “बृहत भेटघाट तथा बनभोज कार्यक्रम २०२४” आयोजना गर्न थालेको हो । संस्थाले मनोरञ्जनात्मक खेलकूद तथा सांस्कृतिक कार्यक्रम सहित [소귀골백운산장 강북구 삼양로 181길206] मा सो कार्यक्रमको आयोजना गर्ने तय गरेको जनाएको छ ।
कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध नेपाली दाजुभाई तथा दिदीबहिनीहरु विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले उक्त बनभोज कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
यो संस्थाले वर्षेनी नियमित कार्यक्रम गर्दै आएको छ । त्यसैको निरन्तरताको रुपमा बनभोज तथा भेटघाट कार्यक्रम राखिएको श्रेष्ठले बताउनुभयो । यसपटकको कार्यक्रम पनि मनोरम दृश्य अवलोकनसँगै सुविधा सम्पन्न बनभोज स्थल छनौट गरिएकोले ब्यापक सहभागिता हुने विश्वास आयोजक संस्थाका वरिष्ठ उपाध्यक्ष देवी गौतमले व्यक्त गरे ।
नेपाल गोरखा परिवारद्धारा आयोजना हुने उक्त बृहत् भेटघाट तथा बनभोज कार्यक्रम २०२४ मा सहभागी शुल्क स्वरुप पुरुषलाई ९० हजार, महिलालाई ७० हजार र कपल जोडीको लागि प्याकेजको रुपमा १ लाख ५० हजार कोरियन वन निर्धारण गरिएको छ ।
कार्यक्रममा सहभागिता जनाई सफल बनाइदिनुहुन आयोजकले सम्पुणर् नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा अनुरोध समेत गरेको छ । सहभागिताका लागि समयमै नाम दर्ता गराउन पनि आयोजकले अनुरोध गरेको छ ।

 

कार्यक्रम तपसिल :
मिति : २०२४ मे ४ र ५ तारिक
स्थान : 소귀골백운산장
강북구 삼양로 181길206
ट्रेन लाई नं १ 신설동역 बाट Suin Line चढेर 북한산우이 역 ओर्लेर २ नं. गेटबाट निस्कने र पैदल ७ मिनेट अगाडी ।

सम्पर्क व्यक्ति र फोन नम्बर :

दिपक श्रेष्ठ (०१०-४८८५-५१९३)
अशोक खड्‌का (०१०-४८६९-६५९१)
नवराज भट्टराई (०१०-५९६०-२०८२)
खड्‌ग थापा मगर (०१०-२१३६-२७२०)
जीवन श्रेष्ठ (०१०-८२०३-४६८८)
बुद्धि प्रसाद नेपाल (०१०-३४३९-६०२९)
रेबिका लामिछाने (०१०-५८६३-६०२९)
केशर राना मगर (०१०-६८०६-९३११)
देवि गौतम (०१०-५५७४-३५५८)
चिरन्जिबी पोखरेल (०१०-७३९४-६२३६)
सुवास बगाले (०१०-३४९७-१७४०)
रुपेश थापा (०१०-४८३६-५८३६)
ईश्वर रेग्मी (०१०-५९३६-७६७०)
खेम राज देबकोटा (०१०-५९२७-४२९९)
अन्जन थापा मगर (०१०-८२६८-९५७४)
भोजराज खनाल (०१०-५७२६-०९१३)
राजन बोहरा (०१०-९६९२-२२५६)
मिता गुरुङ (०१०-७३७५-९०८५)

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्