दक्षिण कोरियामा नेपालीहरुका समस्या, घटना, दुर्घटना न्यूनिकरण विषयक बृहद अन्तरक्रिया हुने

0
504

कमला केसी/दक्षिण कोरिया
रोजगारी लगायत विभिन्न शिलिशिलमा दक्षिण कोरियामा आउने नेपालीहरुको संख्या बढे संगै विभिन्न समस्याहरु पनि बढ्दै जान थालेका छन् ।
नेपालीहरुको बढ्दो समस्या, घटना, दुर्घटना संगै आत्महत्या दिनानुदिन बढदो अबस्थामा रहेको छ । यति मात्र हैन कार्यस्थलमा तथा बासस्थानमा ब्यवहारिक कठिनाइ तथा अस्पताल, प्रशासनिक काममा जाँदा हुने गरेका भाषागत समस्या, बिभिन्न सन्जालहरु मर्फत हुने गरेका ठगि लगायतका बिषयलाइ आगामी दिनमा के कसरी न्युनीकरण गर्न सकिन्छ भन्ने उद्धेश्यले दक्षिण कोरियामा नेपालीहरुका समस्या, घटना, दुर्घटना न्यूनिकरण विषयक बृहद अन्तरक्रिया कार्यक्रम गरिने भएको छ ।
दक्षिण कोरिया स्थित नेपाली राजदुतावास, नेपाली सम्पर्क समिति दक्षिण कोरिया (एनसीसी दक्षिण कोरिया) आदिवासी जनजाती महासंघ दक्षिण कोरिया, नेफिन कोरिया तथा प्रदेश संस्थाहरुको संयुक्त आयोजनामा कार्यक्रम गर्न थालिएको हो । अन्तरक्रिया कार्यक्रम आगामी अप्रिल ७ तारिक आइतवारको दिन जोग्गेसा गुम्बाहल सौल (Subway line 1종각역 exit2)मा हुने भएको छ । कार्यक्रम दिउँसो १२ बजेदेखि संचालन हुने भएको छ ।
कार्यक्रममा कोरियामा रहनुहुने इपिएस श्रमिक, व्यावसायी, बुद्धिजिवि, पत्रकार, भाषा अनुवादक, परामर्श दाता तथा सम्पुणर् संघ संस्थाका प्रतिनिधिहरुलाई उपस्थितिका लागि हार्दिक आयोजकहरुले अनुरोध गरेका छन् ।
कार्यक्रमको आयोजकमा पूर्वाञ्चल सरोकार समाज कोरिया, बागमती प्रदेश एकता समाज, गण्डकी प्रदेश समाज कोरिया, कणर्ाली प्रदेश समाज दक्षिण कोरिया, सुदूरपश्चिम समाज दक्षिण कोरिया समेत रहेका छन् भने नेपाल पत्रकार महासंघ कोरिया शाखाले मिडिया संयोजन गर्ने भएको छ ।
कोरियामा रहेका सम्पुणर् नेपालीहरुको राय सुझाव लिने उद्धेश्यले बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रम पछि आगामी दिनमा विभिन्न प्रकृतिका घटनाहरुको न्युनीकरणको निम्ति सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्