महाशिलामा भएको स्वास्थ्य शिविरमा ४ सय भन्दा बढिले सेवा लिए

0
64

पर्वत – आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित यहाँका नागरिकहरु बिरामी हुँदा रोग लुकाएर बस्नुपर्ने बाध्यता छ । गाउँमा राम्रो अस्पताल छैन । भौगोलिक हिसावले पनि यस क्षेत्र विकट मानिन्छ । बिरामी हुँदा कुश्मा÷पोखरा जानुपर्ने झन्झट यहाँका नागरिकले व्यहोर्दै आएका छन् । कतिपयले आर्थिक अभावका कारण शहरी क्षेत्रमा गई उपचार गराउन नसक्दा रोग पालेर बस्नुपर्ने बाध्यता महाशिलावासीका लागि नौलो होईन ।
तर, सोमवार महाशिला गाउँपालिका वडा नं. ५ लुंखुमा अवस्थित आधारभूत अस्पतालमा भएको बृहत निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराएका अधिकाँश नागरिकले आधा रोग सन्चो भएजस्तो अनुभुती भएको प्रतिक्रिया दिएका छन् । शिविरका लागि नागरिकहरुले बिहानै देखि पालो पर्खेर बसेका थिए । लाईनको सबैभन्दा अगाडि उभ्भिएकी मानकुमारी क्षेत्रीले भनिन्,‘गाउँघरमा शिविर आयोजना हुँदा आधा ज्यान सन्चो भएजस्तो हुन्छ, उपचारका लागि टाढा जानुपर्ने बाध्यताले गर्दा हामी रोग लुकाएर बस्न बाध्य थियौँ, गाउँघरमा हुने स्वास्थ्य शिविरले राहात मिलेको उनको भनाई छ ।

गुणस्तरिय स्वास्थ्य सेवाको पहुँचबाट बञ्चितिकरणमा परेका समुदायलाई लक्षित गरी अन्तराष्ट्रिय पर्वत समाजले महाशिला गाउँपालिका वडा नं. ५ लुंखुमा अवस्थित आधारभूत अस्पतालमा आयोजना गरेको शिविरमा ४ सय भन्दा बढि नागरिकले निःशुल्क स्वास्थ्य परिक्षण गराएका छन् । गाउँपालिका भित्रका गरिब,विपन्न र दुरदराजका. नागरिकहरुले गाउँघरमै निःशुल्क स्वास्थ्य सेवा पाउँदा हर्षित बनेका छन् ।
अन्तराष्ट्रिय पर्वत समाजको आयोजना, महाशिला गाउँपालिकाको व्यवस्थापन र ओम मेघाश्री फर्मास्यूटिकल्स प्रा.लिको सहयोगमा सम्पन्न भएको शिविरमा ४ सय ७ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएको अन्तराष्ट्रिय पर्वत समाजकी नेपाल प्रतिनिधी एवम् शिविर व्यवस्थापक मुना भुषालले जानकारी दिनुभभयो । शिविरमा स्त्रीरोग विशेषज्ञ, दन्तरोग विशेषज्ञ तथा जनरल फिजिसियनद्धारा स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरले यहाँका नागरिकलाई राहात मिलेको पाईएको छ । महाशिलामा यसरी शिविर आयोजना हुँदा यहाँका नागरिकलाई ठुलो राहात मिलेको महाशिला गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख नरवहादुर बरालको भनाई छ । काँग्रेस नेता अशोक उच्चै ठकुरीले शिविरले नागरिकको स्वास्थ्य अवस्थामा परिवर्तन ल्याउने बताए । गाउँमा सञ्चालन भएको शिविरले गरिब, विपन्न, अशक्त, ज्येष्ठ नागरिक र बालबालिकालाई ठूलो राहत मिलेको गाउँपालिकाकी उपाध्याक्ष धनसुवा विकले बताउनु भयो । “गाउँमा धेरैजसो न्यून आयस्तर भएका नागरिक, गरिब, दलित र विपन्नको बसोबास हुन्छ, उनीहरू स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन आर्थिक अभावले गर्दा रोगसँग दिनहुँ लडेर बसिरहन बाध्य छन्, यस शिविरले गाउँका नागरिकलाई धेरै फाइदा पुगेको छ”, उहाँले अगाडि भन्नुभयो, “जे जसरी सकिन्छ, राज्य हुनुको आभास नागरिकलाई दिलाउनु जनप्रतिनिधि तथा सरकारको दायित्व हो ।

अन्तराष्ट्रिय पर्वत समाजले यस अघिपनि जिल्लाको पैयूँ गाउँपालिका र जलजला गाउँपालिकामा स्वास्थ्य शिविर आयोजना गरिसकेको छ । अन्तराष्ट्रिय पर्वत समाज पर्वत जिल्लामा जन्मिएर संसारभरी छरिएर रहेका पर्वतेलीहरुको साझा संस्था हो । यसले पर्वत जिल्लामा विकास र समृद्धका लागि काम गदै आएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्