दक्षिण कोरिया । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखाले आफ्ना पूर्वसदस्य स्व. केहरसिंह छन्त्यालको प्रथम पुण्यतिथिको अवसरमा ‘स्व. केहरसिंह छन्त्याल स्मृति साँझ–२०२६’ आयोजना गर्ने भएको छ।
कार्यक्रम आगामी अक्टोबर २४ तारिख शनिबार साँझ ७ बजेदेखि 평택 निरमाया रोधी क्लबको सभाहलमा हुनेछ। स्व. छन्त्यालको सम्झनामा आयोजना गर्न लागिएको कार्यक्रमबाट प्राप्त सम्पूर्ण बचत तथा नाफा उहाँको परिवारलाई हस्तान्तरण गरिने आयोजकले जनाएको छ।
स्व. छन्त्यालप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै उहाँको परिवारलाई आर्थिक सहयोग पुर्याउने उद्देश्यले स्मृति साँझ आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष मिलन थापा मगरले बताउनुभएको छ। उहाँले कार्यक्रममा उपस्थित भई सहयोग र ऐक्यबद्धता जनाउन दक्षिण कोरियामा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनी, विभिन्न संघसंस्थाका प्रतिनिधि, कलाकार र लोकसंगीतप्रेमीहरूलाई हार्दिक अनुरोध गर्नुभएको छ।
कार्यक्रमस्थलको ठेगाना 평택시 평택1로 17 (지하 1층) रहेको छ।






