सोल, दक्षिण कोरिया — नवलपुर समाज दक्षिण कोरियाको आयोजनामा आपतकालीन राहत कोष स्थापनार्थ विशेष सांगीतिक कार्यक्रम “नवलपुर सांगीतिक सौगात–भाग १ आयोजना हुने भएको छ।
आगामी २५ सेप्टेम्बर २०२६ मा राजधानी सोलस्थित HW Convention Center, 서울 종로구 자하문로 255 मा हुने कार्यक्रममा चर्चित गायिका तृष्णा गुरुङ तथा The Collab Band को विशेष लाइभ प्रस्तुति रहनेछ। साथै गायक अर्जुन सापकोटा ले समेत आफ्नो सांगीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ। कार्यक्रमको मिति, कलाकार र स्थानसम्बन्धी विवरण सार्वजनिक प्रचार सामग्री तथा आयोजकसँग सम्बन्धित पोस्टहरूमा पनि उल्लेख गरिएको छ।
नवलपुर समाज दक्षिण कोरियाले पहिलोपटक आयोजना गर्न लागेको यस कार्यक्रमलाई मनोरञ्जनसँगै आपतकालीन राहत कोष स्थापना गर्ने सामाजिक उद्देश्यसँग जोडिएको कार्यक्रम का रूपमा अघि बढाएको छ।
नेपाली कला, संगीत र संस्कृतिलाई प्रवासमा प्रवर्द्धन गर्दै नेपाली समुदायबीच आपसी एकता र सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रममा दक्षिण कोरियामा रहेका नेपाली समुदायको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रममा तृष्णा गुरुङ र The Collab Band को ऊर्जाशील प्रस्तुति तथा अर्जुन सापकोटा को सांगीतिक प्रस्तुति मुख्य आकर्षणका रूपमा रहनेछ।






