दक्षिण कोरियामा पाँच ‘स’को आयोजनामा तीज विशेष सांस्कृतिक तथा दर खाने कार्यक्रम हुने

0
19

दक्षिण कोरिया । पूर्वीय सनातन धर्म, कला, संस्कार तथा नेपाली मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले स्थापित सनातन साहित्य संगीत साधना समूह (पाँच ‘स’) दक्षिण कोरियाले यस वर्ष पनि तीज विशेष सांस्कृतिक तथा दर खाने कार्यक्रम आयोजना गर्ने भएको छ।

समूहका अध्यक्ष महेन्द्र सापकोटाले कार्यक्रमबारे जानकारी दिँदै दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली महिला दिदीबहिनी तथा दाजुभाइहरूलाई कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा गरेका छन्।

नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना हुने कार्यक्रममा तीजको मौलिकता झल्किने सांस्कृतिक प्रस्तुति, दर खाने कार्यक्रम तथा आपसी भेटघाटमार्फत नेपाली कला, संस्कार र संस्कृतिको संरक्षणमा जोड दिइने जनाइएको छ।

कार्यक्रम २०२६ सेप्टेम्बर १३ तारिख आइतबार बिहान ११ बजेदेखि 경기도 안산시 단원구 신길로 1길 82, 5층, JTS 안산 다문화센터मा आयोजना हुने अध्यक्ष सापकोटाले जानकारी दिए।

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, एकता र नेपाली मौलिक संस्कृतिको संरक्षणलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

आयोजकले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई कार्यक्रममा गरिमामय उपस्थित भई तीजको खुसी सँगसँगै मनाउन आग्रह गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्