अक्टोबर ४ तारिख सम्पन्न facebook group मगर संसार फोटो ग्यालरीको आयोजनामा थेगुमा सम्पन्न दोस्रो मगर संसार महिला पुरूष भलिबल प्रतियोगिता २०२६ सम्पन्न भएको छ।
प्रतियोगितामा पुरुषतर्फ फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै बागलुङ समाज ले उपाधि आफ्नो नाममा पारेको छ।
प्रतियोगितामा २४ दिनको सहभागिता रहेको थियो। सुरुदेखि नै निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए। उपाधिका लागि भएको निर्णायक भिडन्तमा सुदूरपश्चिमलाई २ -१ ले हराउँदै बाग्लुङले जित आफ्नो पक्षमा पार्न सफल भयो।
यो जितसँगै लामो समयदेखि ठूलो उपाधिको प्रतीक्षामा रहेको बागलुङले फेरि जितको लय समातेको छ। फाइनलसम्म उत्कृष्ट प्रदर्शन गर्दै पुगेको सुदूरपश्चिम भने उपविजेतामा सीमित भयो।
प्रतियोगिताको पुरुषतर्फ विजेता बागलुङले ३० लाख ५० हजार वन, ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ भने उपविजेता सुदूरपश्चिमले १५ लाख ५० हजार वन, ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ।
सान्त्वना हुने दुई टिम गुल्मी र स्याङ्जाले भने ५ /५ लाख वन पुरस्कार प्राप्त गरेको थियो।
त्यसै गरी महिला भलिबल तर्फ भने ४ टिमको सहभागिता रहेको थियो। जसमा पाथिभारा समाज प्रथम हुनु भएको थियो। प्रथम विजेता पाथिभाराले ३ लाख वन, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो। र उपविजेता मगर सङ्घ थेगु शाखाले २ लाख वन ट्रफी मेडल र सम्मानपत्र पुरस्कार प्राप्त गरेको थियो।।
त्यसैगरी पुरुष तर्फ सर्वोत्कृष्ट खेलाडीको रुपमा विकास बोहरालाई चयन गरेको थियो। विकास बोहराले १ लाखवन सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघ दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष अन्जन थापा मगर, विशिष्ट अतिथिहरू नेपाल भलिबल संघ कोरियाका अध्यक्ष वीरेन्द्र मगर सङ्घ थेगु शाखाका अध्यक्ष दीक्षा रोका मगर, मगर संघ किम्हे पुसानका प्रतिनिधि अमित थापा मगर, मगर संघ दक्षिण कोरिया केन्द्रका भूपु अध्यक्ष तथा सल्लाहकार टेक पुन मगर, स्याङ्जा समाज कोरिया केन्द्रका अध्यक्ष माधव अर्याल, वरिष्ठ उपाध्यक्ष टोप थापा मगर,तमुधी थेगु शाखाका अध्यक्ष मदन गुरुङ, स्याङ्जा समाज थेगु शाखाका अध्यक्ष गोविन्द गुरुङ, नेपाली परोपकार समाजका वरिष्ठ उपाध्यक्ष मुन मगर, स्याङ्जा समाज किम्हे बुसान का संरक्षक कमल अर्याल, नेपाल भलिबल सङ्घ कोरियाका निवर्तमान अध्यक्ष चन्द्र राना मगर, बाग्लुङ समाज थेगु शाखाका अध्यक्ष चिरन थापा मगर, मगर सङ्घ थेगु शाखाका भूपु अध्यक्ष खड्क घर्ति मगर लगायत
को उपस्थितिमा पुरस्कार हस्तान्तरण गरेको थियो।
थेगुस्थित 대구광역시 달성군 구지면 예현리 768-8 मा आयोजित प्रतियोगितामा कोरियाका विभिन्न क्षेत्रबाट नेपाली खेलाडी तथा खेलप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
प्रतियोगितामा सयौँ मान्छेहरूको उपस्थितिसँगै नेपाली पन्चेबाजाको साथमा भरिपूर्ण मनोरञ्जन लिएको आयोजक ले जनाएको छ।
यो सिजनको सबैभन्दा धेरै धनराशि पुरस्कार रहेको र सबैभन्दा कम इन्ट्री फिस को व्यवस्थासहित भव्य रूपमा सम्पन्न गरेको आयोजक संयोजक अनिल लामिछाने थापा मगरले जानकारी दिनुभयो






