जिल्ला भलिबल संघ पर्वतको अध्यक्षमा जगदिश सुवेदी निर्वाचित

0
2

पर्वत — जिल्ला भलिबल संघ, पर्वतको तेस्रो साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशन–२०८३ बाट जगदिश सुवेदी अध्यक्ष पदमा सर्वसम्मतरूपमा निर्वाचित हुनुभएको छ।

असोज ४ गते सम्पन्न अधिवेशनबाट सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा किरण गुरुङ र सुजन केसी, महासचिवमा मुक्ति बहादुर कोईराला तथा कोषाध्यक्षमा प्रज्वल शर्मा चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा बिमल गुरुङ, रमेश कुमार श्रेष्ठ, पुष्पराज श्रेष्ठ, निरज कुँवर, जीत बहादुर राना र गणेश पराजुली चयन हुनुभएको छ।

यसैबीच, निवर्तमान अध्यक्ष लक्ष्मण श्रेष्ठले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा धन्यवाद तथा सम्मान व्यक्त गरिएको छ। उहाँको कार्यकालमा पर्वत जिल्लाको भलिबल खेलको विकास, विस्तार तथा खेलाडीको क्षमता अभिवृद्धिमा पुर्‍याउनुभएको योगदानको प्रशंसा गरिएको छ।

नवनिर्वाचित अध्यक्ष जगदिश सुवेदीसहित सम्पूर्ण कार्यसमितिलाई सफल, प्रभावकारी तथा उपलब्धिमूलक कार्यकालको हार्दिक शुभकामना व्यक्त गरिएको छ। नयाँ नेतृत्वमा पर्वतको भलिबलले थप उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ। 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्