Greater Nepal Badminton Tournament 2026 भव्य तथा सभ्य रूपमा सम्पन्न

0
41

दक्षिण कोरिया — Nepalese Badminton Committee South Korea को आयोजनामा १६ अगस्ट २०२६ मा सम्पन्न Greater Nepal Badminton Tournament 2026 भव्य, सभ्य तथा सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ।

नेपाली समुदायमा खेलकुदमार्फत आपसी एकता, भाइचारा, मित्रता, स्वस्थ प्रतिस्पर्धा तथा सकारात्मक सम्बन्धको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न विधा र स्तरका खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो। खेलाडीहरूको अनुशासन, खेल भावना, मेहनत र उत्कृष्ट प्रदर्शनले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक तथा स्मरणीय बनाएको आयोजकले जनाएको छ।

प्रतियोगिताका विजेताहरू Men’s Doubles Level A प्रथम किरण भण्डारी र ईश्वर क्षेत्री द्वितीय खिम केसी र ध्रुव गुरुङ तृतीय नवीन कार्की र वचन सेन

Men’s Doubles Level B प्रथम प्रशान्त पुन मगर र दिलराज क्षेत्री द्वितीय विकास तामाङ र विवेक भट्टराई तृतीय तेज आले र तेजु गुरुङ

Men’s Doubles Level C प्रथम लोकेन्द्र फौजा मगर र माधव अर्याल द्वितीय प्रिन्स भट्टराई र लक्ष्मण श्रेष्ठ तृतीय दिपेन खुरुङवाङ सेमाङ र मोहन लिम्बु

Women’s Open Doubles प्रथम जुनु मगर र रेणु लामा द्वितीय शर्मिला थापा मगर र कल्पना पुन

महिला खुल्ला डबल्सतर्फ नुतन गुरुङ–दीप्ति गुरुङ, सुनिता तामाङ–मनु राई, अनविन थापा–सजना महर्जन लगायत सम्पूर्ण सहभागी महिला खेलाडीहरूले उत्साहजनक सहभागिता जनाएका थिए। सहभागी महिला टोलीहरूलाई आयोजकका तर्फबाट विशेष सम्मानसहित सान्त्वना पुरस्कारसमेत प्रदान गरिएको थियो।

खेलाडीहरूको Level Upgrade प्रतियोगितामा Level B तर्फ उत्कृष्ट प्रदर्शन गर्दै विजेता बनेका प्रशान्त पुन मगर र दिलराज क्षेत्रीलाई आगामी प्रतियोगितादेखि Level A मा स्तरोन्नति गरिएको छ।

त्यसैगरी Level C का विजेता लोकेन्द्र फौजा मगर र माधव अर्याल तथा द्वितीय स्थान प्राप्त प्रिन्स भट्टराई र लक्ष्मण श्रेष्ठलाई आगामी प्रतियोगितादेखि Level B मा स्तरोन्नति गरिएको आयोजकले जनाएको छ।

आयोजक कमिटीले प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्ने तथा अपेक्षित नतिजा हासिल गर्न नसकेका सबै खेलाडीप्रति समान सम्मान व्यक्त गर्दै आगामी दिनमा थप मेहनत, नियमित अभ्यास र आत्मविश्वासका साथ उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिएको छ।

प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण खेलाडी, परिवार तथा शुभेच्छुक, दर्शक, निर्णायक तथा प्राविधिक टोली, व्यवस्थापन तथा स्वयंसेवक, आयोजक कमिटीका पदाधिकारी तथा सदस्यहरू, प्रायोजक तथा सहयोगी संस्था र व्यक्तित्वहरूप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ।

त्यसैगरी व्यस्त समयका बाबजुद कार्यक्रममा उपस्थित भएर प्रतियोगिताको गरिमा बढाइदिनुहुने कोरियन अतिथिहरू, नेपाली संघ–संस्थाका प्रतिनिधि तथा विशिष्ट अतिथिहरूको उपस्थितिले खेलाडीहरूमा थप उत्साह र हौसला प्रदान गरेको आयोजकको भनाइ छ।

आयोजकले प्रतियोगिता सञ्चालनका क्रममा व्यवस्थापन, समय, खेल सञ्चालन, सूचना सम्प्रेषण वा अन्य कुनै पक्षमा जान–अनजानमा कमी–कमजोरी वा त्रुटि हुन गएको भए क्षमायाचना गर्दै प्राप्त सुझाव तथा रचनात्मक प्रतिक्रियालाई आगामी कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने आधारका रूपमा लिने प्रतिबद्धता जनाएको छ।

समग्रमा, Greater Nepal Badminton Tournament 2026 ले दक्षिण कोरियामा नेपाली समुदायबीच खेलकुदको माध्यमबाट एकता, मित्रता र सकारात्मक सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको निष्कर्ष छ।

प्रतियोगितामा स्थान प्राप्त गर्ने सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई तथा सहभागी सम्पूर्ण खेलाडीहरूलाई आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्