GME ग्लोबल कपमा नेपाल शीर्ष १६ मा, दक्षिण अफ्रिकासँग भिड्दै

0
23

दक्षिण कोरियामा आयोजना भइरहेको GME Global Cup 2026 फुटबल प्रतियोगितामा नेपाली टिम शीर्ष १६ मा प्रवेश गरेको छ। प्रतियोगिताको शीर्ष १६ चरणमा स्थान बनाएको नेपाली टिमले अब सेप्टेम्बर ५ गते दक्षिण अफ्रिकाको टिमसँग प्रतिस्पर्धा गर्ने भएको छ।

नेपाल र दक्षिण अफ्रिकाबीचको खेल सेप्टेम्बर ५ गते बिहान ११ बजे दक्षिण कोरियाको 기흥레스피아호수공원 축구장 (Giheung Respia Lake Park Football Ground) मा हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा नेपाली टिमले शीर्ष १६ सम्मको यात्रा तय गरेपछि दक्षिण कोरियामा रहेका नेपाली समुदायमा उत्साह बढेको छ। आगामी खेलमा नेपाली टिमलाई जितका लागि हौसला प्रदान गर्न तथा खेलाडीहरूको मनोबल उच्च बनाउन नेपाली दर्शकहरूको उल्लेख्य उपस्थितिको अपेक्षा गरिएको छ।

नेपाल फुटबल महासंघ दक्षिण कोरियाले नेपाली टिमलाई समर्थन गर्न दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई खेल मैदानमा उपस्थित हुन आग्रह गरेको छ।

नेपाल र दक्षिण अफ्रिकाबीचको खेल नेपाली टिमका लागि नकआउट चरणको महत्वपूर्ण खेल भएकाले नेपाली समर्थकहरूको साथ र समर्थनले खेलाडीहरूको मनोबल थप बढाउने विश्वास गरिएको छ।

नेपाली टिमलाई साथ र समर्थन गर्न सम्पूर्ण नेपाली समुदायलाई खेल मैदानमा उपस्थित हुन आग्रह गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्