दक्षिण कोरिया । शेर्पा संघ दक्षिण कोरियाले दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै भिसा तथा कानुनसम्बन्धी अनलाइन परामर्श कार्यक्रम आयोजना गर्ने भएको छ।
शेर्पा संघ दक्षिण कोरियाका संरक्षक तथा कार्यक्रमका परामर्शदाता लाक्पा शेर्पा (TDNK) को प्रत्यक्ष परामर्शमा कार्यक्रम सञ्चालन हुने संघले जनाएको छ। कोरियामा बसोबास गर्ने नेपालीहरूलाई भिसा, कानुनी व्यवस्था तथा त्यससँग सम्बन्धित विभिन्न जिज्ञासा र समस्याबारे आवश्यक जानकारी तथा परामर्श उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रम सेप्टेम्बर ६, २०२६ (आइतबार) साँझ ८:३० बजेदेखि ९:३० बजेसम्म Zoom मार्फत सञ्चालन हुनेछ।
संघका अनुसार कार्यक्रममा सहभागीहरूले भिसा तथा कानुनसम्बन्धी आफ्ना समस्या र जिज्ञासा प्रत्यक्ष रूपमा राखेर परामर्श लिन सक्नेछन्। सहभागीहरूलाई आफ्ना प्रश्नहरू तयारी गरेर समयमै कार्यक्रममा जोडिनसमेत आग्रह गरिएको छ।
शेर्पा संघ दक्षिण कोरियाले “समुदायको समस्या समाधानमा सधैं तपाईँहरूसँगै” भन्ने उद्देश्यसहित समुदायका सदस्यहरूलाई आवश्यक सहयोग र जानकारी उपलब्ध गराउँदै आएको जनाएको छ।
भिसा तथा कानुनसम्बन्धी जिज्ञासा र समस्या भएका सबैलाई कार्यक्रममा सहभागी भई प्रत्यक्ष परामर्श लिन शेर्पा संघ दक्षिण कोरियाले अनुरोध गरेको छ।






